30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

तिव्र गतिको मोटरसाईकल अनियीनत्रीत भई ठोकिदा श्रीमतीको मृत्य

२३ जेष्ठ
पर्साको गदौल पुलमा हिजो ठक्कर लागेर मोटरसाईकलमा सवार श्रीमान श्रीमती मध्ये एकको मृत्यु भएको छ । मोटरसाईकल ठक्करमा सवार धाइते मध्ये श्रीमतीको उपचारको क्रममा गए राती १२ बजे नारायणी उपक्षेत्रिय अस्पतालमा मृत्य भएको छ ।पोखरिया बिरगंज सडकखण्ड अन्तर्गत बिन्दवासिनी १ गर्दौल पुलमा मोटरसाईकल ठोकिदा गम्भीर घाईते भएकी पोखरिया नगरपालिका वडानम्बर ६ श्रीसिया निवासी नितेश सहनीकी श्रीमती रम्भा देवी सहनीको मृत्यु भएको हो ।

हिजो आफनै निवास श्रीसियाबाट बिरगंज जाने क्रममा तिव्र गतिमा रहेको मोटरसाईकल अनियीनत्रीत भई ठोकिदा २७ बर्षीय श्रीमान नितेश सहनी र २१ बर्षीय रम्भा सहनी घाईते भएका थिए । घाईते दुबै जनालाई प्रहरीले उद्धार गरी नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गराए पनि राती १२ बजे टाउकोमा गम्भीर घाईते भएकी रम्भाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताउनु भएको छ ।

आफनै निजी मोटरसाईकल ना. ११ प. २१८१ नम्बरको मोटरसाईकलमा सवार श्रमान श्रीमती मध्यै श्रीमतीको ज्यान ज्यादा अति नै दुखित मुदा्रमा उपचारार्थ नितेशले आफनो श्रीमती गुमाएका हुन । पोखरीया बिरगंज सडकखण्डमा मोटरसाईकल चालकहरुले गतिमा गुडाउदा धेरै घटना घटे पनि केही दिनका लागी प्रहरीले मात्रै जाच शुरु गरेको थियो । ट्राफिक प्रहरीले गतिलाई नियन्त्रणमा गरे घटनामा केही कमी आउने स्थानीयको भानाई रहेकोे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.080 sec. Memory consumption:81.42 mb