30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दूतावास विरगंजको संयुक्तमा १ सय २५ वटा वृक्ष रोपण

पर्साका जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र भारतीय महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत बीसी प्रधान वृक्षरोपण गदैँ ।तस्विरः प्रणय साह

वीरगंज,२२ जेठ ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्त आयोजनामा १ सय २५ वटा वृक्ष रोपण कार्य भएको छ ।बुधवार ५ जुनका दिन विश्व भरीनै विश्व पर्यावरण दिवस मनाई रहेको बेला ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्तमा वीरगंजको आर्दशनगरमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर सरवागी कार्यक्रममा आफ्नो भनाई राखदै भने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्त कार्य वातावरणका लागी सराहनी कार्य भएको यसलाई निरन्तरता दिएकोमा हाल आर्दश क्षेत्रमा वृक्षको हरीयाली देखन पाइएको छ ।कार्यक्रमा पर्साका जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, भारतीय महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत बीसी प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य,समाजसेवी,शिक्षक,वीद्यार्थी र स्थानीयको सक्रियतामा बृहत वृक्षरोपण भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.511 sec. Memory consumption:81.37 mb