30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महान पर्व इद उल फित्र  बुधबार धुमधामका साथ वीरगंजमा मनाइयो

वीरगंज,२२ जेठ ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र  बुधबार धुमधामका साथ मनाइँएको छ । एक महिनादेखि चल्दै आएको रोजा पवित्र पर्वको अन्तिम दिन आज बिहान सामूहिक नमाज पढेपछि एक आपसमा खुशी साटासाट गरेको छन् ।
छपकैया मस्जिदका मौलाना अलि असगर मदिनीले पौने ९ बजेदेखि आधा जति सामूहिक नमाज पढेर हर्षोल्लासका साथ मनाउन गरीएको जानकारी दिनु भयो । वीरगंजको छपकैया, मुर्ली, गण्डक बहुअरी लगायतका विभिन्न स्थानमा रहेको इदगाह र मस्जिदमा पेगी सामूहिक नमाज पढेर यो पर्व मनाउने गरिएको हो।
मौलाना मदिनीका अनुसार मोहम्मद पैगम्बरको आर्शिबादले नेकी र धार्मिक विश्वासका साथ यो पर्व मनाउने भएकोले परिवार, समाज र राष्ट्रसँगै विश्वलाई शान्ति र भलाइको मार्गमा र्डोयाउने तथा एक आपसमा प्रेम सद्भाव बढाउने जनविश्वास रहेको छ । हरेक वर्ष पर्ने यस पर्वमा बिहान ४ बजेभन्दा अगावै शेहरी खाएर दिनभर रोजा बसिन्छ। साँझ सूर्य अस्ताउने समयमा इफतारी खोलेर रातभरी अन्न तथा पानी खान सकिन्छ। मदिनीले यस कठोर पर्वमा रोजा बसेको बेला थुक निल्न सकिने तर पानी र अन्न खाए रोजा टुट्ने बताए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.559 sec. Memory consumption:81.37 mb