22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वातारणको समस्याले ठूलो विकराल रुप लिदै :-मेयर सरावगी

बीरगंज,२२ जेठ ।

आज विश्व वातावरण दिवस । “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र राम्रो वातावरण, राम्रो वतावरणको संरक्षण गरौं” भन्ने नाराका साथ वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विश्वव्यापी रुपमा यो दिवस अवसरमा वृक्षा रोपण तथा सचेतना र्याली गरेको छ । जि एच पी स्कुलको आयोजनामा विश्व वातावरण दिवसको कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफनो मन्तव्य व्यक्त गदै भने वातारणको समस्याले ठूलो विकराल रुप लिदैछ ।

ठूला ठूला सहरहरुमा स्वच्छ हावा लिनका लागि च्याम्बरर्सहरु बनाइएको छ, भोलिको दिनमा वीरगन्जमा यस्तो समस्या आउन नसक्ला भन्ने भन्न सकिदैन भन्दै सरावगीले आजैदेखि हामी वातावरणमा ध्यान दियौं भने त्यस्ता अवस्थालाई पक्कै रोक्न सकिने बताए । उनले फोहरमैलाको विषयमा पनि हामीले घरबाहिर फोहर फाल्ने बानी छ, तर त्यसलाई व्यवस्थित तरिकाबाट कसरी डिस्पोज गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने भन्दै ग्रामीण भेगमा विरुवाहरु बाड्ने काम भइहेको छ, एक व्यक्तिले दुई दुई वटा विरुवाहरु रोप्न सक्यो भने यसले भोलिका दिनमा वातावरणहरुमा पक्कै सहयोग पुग्ने बताए ।

घरबाट दुई किसिमको फोहर निस्कन्छ, एउटा कुहिने र एउटा नकुहिने, त्यसलाई छुट्याएर कुहिने फोहरबाट मल उत्पादन गर्नुपर्ने भन्दै कुहिने फोहरबाट जो पनि घरमै मल बनाई प्रयोग समेत गर्न सक्ने बताए । फोहरबाट कहिलेपनि नराम्री हुँदैन, तर फोहरलाई हामी व्यवस्थित गर्न सकि रहेको छैन, फोहरलाई सदुपयोग गर्न सक्नुपर्छ, यो महानगरपालिकाको मात्र दायित्व होइन, जसले फोहर गर्छ त्यसले पनि फोहरलाई व्यवस्थित गर्नसके चाँडै महानगर फोहरमुक्त हुने बताए । फोहरलाई फोहर होइन, मोहरको रुपमा प्रयोग गर्न सक्नुपर्छ, वीरगन्ज महानगरपालिकाले महानगरभित्रबाट निस्कने फोहरलाई व्यवस्थापनको लागि निजी क्षेत्रलाई जिम्मा लगाई सकेको छ, तर महानगरपालिकाले मात्र नहुने भएकोले फोहर व्यवस्थापनका निम्ति सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.955 sec. Memory consumption:81.41 mb