30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु

वीरगंज,२१ जेठ ।
बाराको कलैया पिलुवा सडकखण्ड अन्तर्गत मङगलबार ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । ठक्करमा परी मृत्यु हुने बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो।
ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगजबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई ट्रिपरले ठक्कर दिँदा दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार इदुल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले कलैया उपमहानगरपालिका २६ श्रीपुरमा दिउँसो ठक्कर दिएको थियो ।ट्रिपर र ट्रिपर चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनालगत्तै स्थानीयले सडकमै मृतक खातुनको शव राखेर स्थानीय प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। सडक अवरुद्ध भएपछि घटनास्थलमा पुगेको प्रहरी र प्रदर्शनकारी बीच भएको छलफलमा तत्कालका लागि कलैया पिलुवा सडकखण्ड ट्रिपर चल्न नदिने सहमति भएपछि सडक सूचारु भएको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:5.603 sec. Memory consumption:81.37 mb