22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अपांग र रात्री बिधालय बन्दमा उप मेयर कार्कीकाे आपती

वीरगन्ज, २१ जेष्ठ ।
बिरगंज महानगरपालिकाले अपांग बिधालय र रात्री बिधालय बन्द गरेकोमा बिरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले आपती जनाउनु भएको छ । आज पर्सा बहिरा महासंघले बिरगंजको एभरेष्ट होटलमा आयोजना गरेको बहिराहरुका समाजिक र न्याय पहुचका लागी एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै आपती जनाउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा संबोद्धन गर्दै बिरगंज महानगरले हरेक ब्यक्तिका लागी काम दिने योजना राखेको पनि बताउनु भएको छ । बहिरा महासंघका लागी छुटै किसिम्मले ब्यवस्थापनका लागी महानगरले ५ लाख रकम छुटयाएको र आउदो योजनामा पनि बजेट छुटयाउने प्रतिबद्धता गर्नु भएको छ ।

बहिरा महासंघ पर्साका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले बहिराहरु संचारबाट बंचित, चेतनाको कमी, दोभासेको ब्यवस्थाबाट बंचित, सवारीसाधनमा छुटको ब्यवस्थाबाट बंचित, स्वास्थ्य उपचार निशुल्क नभएको र सरकारी तथा गैरसकारी निकायमा बहिराहरुको पहुच नरहेको बताएका छन ।

पर्सा जिल्लामा अपांगहरुका लागी ५ वटा बिधालयहरुमा पढाईको ब्यवस्थापन भए पनि बजेटको अभावले गर्दा गुणस्तरिय शिक्षा पाउन नसकेको अवस्था बिरगंज महानगरपालिकाका शिक्षा समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले बताउनु भएको छ । २०६८ सालको जनगणनाको तथ्यांक अनुसार पर्सा जिल्लामा ४ सय ६ जना अपांग रहेको तथ्यांक भए पनि बहिरा कति जना छन भने अकिन नभएको जनाईएको छ ।

नेपालको ४४ वटा जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ भने ८ वटा जिल्लामा लागु हुने तैयारी रहेको कार्यक्रम संयोजक शंकर सिंहले बताउनु भएको छ ।

कार्यक्रममा अधिवक्ता अयुव खा, बहिरा संघका सचिव अर्जुन कर्ण, दोभाषे मिना श्रेष्ठ, प्रध्यापक हरेराम ठाकुर, बिरगंज महानगरपालिकाकी महलिा तथा बालिबालिका शाखा प्रमुख सबिता साह लगायतकाले आआफना धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:226. Generation time:4.163 sec. Memory consumption:81.75 mb