22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद

वीरगंज,३ जेठ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाको ५ देउरियामा प्रहरीको छापा मारेका छन् । शुक्रबार प्रहरीले सयभन्दा बढी घरमा छापा मारी लागुऔषध गाजा र चरेश ठूलो परिमाणमा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद गरेको हो ।
देउरिया गाउँमा विगत केही दिनदेखि गाजा र चरेशको व्यापक कारोबार भइरहेको सूचनाको आधारमा गाउँपालिकाका जनप्रतिनिधिको आग्रहमा प्रहरीले गाउँमा रहेका १०५ वटा घरमा खानतलासी र छापा मारेको हो ।

बरामदका क्रममा प्रहरीले गाजा र चरेश च्याप्ने फलामका औजार पनि बरामद गरेको छ। देउरियाका पुसन माझीको घरबाट ५५ केजी गाजा र सात केजी चरेश बरामद भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।यस्तै गाउँभन्दा पूर्व्तिर रहेको कुलो छेउमा पनि फालिएको अवस्थामा १४ वटा बोरामा रहेको ३०१ केजी गाजा बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
गाजा बरामद भएको घरका घरधनी माझी भने फरार रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।शुक्रबार दिउँसो फेरि छापा मार्ने क्रममा थप १२ केजी चरेश र २९ केजी गाजा स्थानीयको घरबाट बरामद गरिएको अधिकारीले जानकारी दिए।

दिउँसो छापामारीका क्रममा प्रहरीसँग वादविवाद र दुव्र्यवहार गरेको आरोपमा स्थानीय राजेश रामलाई पक्राउ पनि गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.191 sec. Memory consumption:81.41 mb