24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

महानगरपालिका र विद्युत प्राधिकरणको लापरवाहिले छपकैयाबासी पिडित

nagarbasi_kalikatimes

वीरगंज, २८ बैशाख ।
वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया तुथबारी टोलवासी बिगत ४ वर्ष देखि विजुली, नाला तथा बाटोको समस्या खेप्दै आएका छन । छपकैया वासीले समस्या बारे महानगरपालिका कार्यालय र विद्युत प्राधिकरण वीरगंज शाखालाई लिखित र मौखिक जाकारी गराउदा केही नगरेको आरोप लगाएका छन ।

टोलमै शनिवार बसेको स्थानियबासीहरुको बैठकले बिगत ४ वर्ष देखि समस्या समाधानको लागि वीरगंज महानगरपालिका कार्यालय र नेपाल विद्युत प्रधाकिरण पर्सालाई बारम्बार ताकेता गर्दा पनि कुनै वास्ता नगरेको आरोप लगाए हुन । सो टोलमा बाटो एकदमै सांगुरो र नाला समेत नभएकोले आपत्तविपत्त पर्दा एम्बुलेन्स र वारुण यन्त्र समेत जाने बाटो नभएको टोल वासीहरुले वताएका छन् ।

वीरगंज महानगरपालिका कार्यालय र वडा कार्यालयमा स्थानियबासीहरुले बारम्बार बाटो निर्माणको लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराए पनि हाल सम्म सुनवाई नभएको स्थानिय समिना खातुनले गुनासो गरिन ।

साथै सो टोलमा बिगत ४ वर्ष देखि विजुलीको पोल भए पनि तार जडान नभएको तथा केहि पोलहरुमा तार जडान भए पनि तार बाटोमै झुण्डिएकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने डरले टोलवासी चिन्तित बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.092 sec. Memory consumption:81.41 mb