26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

चोरीको समान सहित ४ जना पक्राउ

वीरगंज,२६ वैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साको सक्रियतामा चोरीका विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा रहेको टोलीले वीरगंजको ज्ञान्दा स्कुलमा चोरी भएको विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको हो ।
चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा वीरगंज महानगरपालीका वडा नम्बर ११ कृषी औजार पछाडी डेरा गरी बस्ने वर्ष ३२ को बल बहादुर थापा, सोही वडा बस्ने वर्ष ३६ को मोजामील मिया,वडा नम्बर २४ बस्ने वर्ष २८ की गिता देवी र सोही ठाउ बस्ने वर्ष ३४ को मनु कुमार गुप्ता रहेका छन ।
जेडी केइइ कम्पनीको मनिटर १ थान,सोनी कम्पनिको ४८ इन्चको एलइडी टिभी १ थान,डेल कम्पनिको ल्यापटप ४ थान, जेडी केइइ कम्पनीको चार्जर सहितको एलइडी १ थान,माईक १ थान,एम सिबी बक्स बोर्ड २ थान,फायर स्ट्रीगं आगो निभाउने मशिन १ थान,सटर फोडने प्रयोग गरिएको फलामको रड २ थान र नेपाली भारतीय गरी २८ हजार ६ सय नगद समेत बरामद गरिएको प्रहरी निरीक्षक दत्तले जानकारी दिनु भयो ।
पक्राउ परेकालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुशनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:6.752 sec. Memory consumption:81.38 mb