26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सामाजिक कुरुति कुसंस्कार न्युनिकरण गर्न किशोरी संवाद संजाल गठन

kisori sambad_kalikatimes

वीरगंज, २४ बैशाख ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा वडा स्तरिय सृजना किशोरी सम्वाद संजाल गठन भएको छ । प्रिति कुमारी यादवको संयोकत्वमा गठन भएको समितिको उप संयोजकमा मजरुन खातुन, सचिवमा निकिता कुमारी गुप्ता, सह सचिवमा हजरा खातुन र कोषाध्यक्षमा रुबि कुमारी मण्डल चयन भएका छन ।

यस्तै नव गठित समितिको सदस्यमा मिरा कुमारी मण्डल, अर्चना कुमारी कानु, सिता कुमारी कलवार, निशा खातुन लगायतका चयन भएका छन ।

युरोपियन युनियनको सहयोग र संरक्षण नेपाल तथा चाइलड नेपालको सहकार्यमा नेपाल ग्रामिण पुर्ननिर्माण सस्थाले संचालन गरेको किशोरी सम्वाद कार्यक्रम अन्तर्गत संजाल गठन भएको हो । समाजमा रहेको कुरुती न्युनिकरणको विभिन्न क्रियाकलाप संचालन गर्न संजाल गठन गरिएको किशोरी सम्वाद कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।

यसका लागि ३ सदस्यि विभिन्न उप समितिहरु पनि गठन भएको उनले जानकारी गराए । सविता कलवारको संयोजकत्वमा कोष अभिवृद्धि उप समिति, अंजली कुमार कानुको संयोजकत्वमा क्षमता अभिवृद्धि उप समिति, निभा कुमारी यादवको संयोकत्वमा पैरवी उप समिति र मनिता कुमारी मण्डलको संयोजकत्वमा खेलकुद तथा मनोरञ्जन उप समिति गठन भएको सुपरभाइजर साहले जानकारी गराए ।

श्री ने.रा. अधारभुत विद्यालय लालपर्सामा भएको संजाल गठन कार्यक्रममा वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य जमिला खातुन, विद्यावती देवी पासवान, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, सम्वाद अधिकृत प्रकाश पाण्डे, उमा राय माझी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यश अघि वीरगंज महानगरपालिकाको वडा नं. २९ र ३१ मा पनि किशोरी सम्वाद संजाल गठन भइसकेको छ । वडा नं. २९, मुसैलीमा छठी कुमारी मण्डलको संयोजकत्वमा एकता किशोरी सम्वाद संजाल र वडा नं. ३१, भेडियाहीमा आशिका गौरोको संयोजकत्वमा लालिगुराश किशोरी सम्वाद समुह संजाल गठन भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.144 sec. Memory consumption:81.42 mb