2 April 2025
KALIKATIMES.COM

प्रदेश सांसद साहको संसदिय कोषबाट निर्माण हुने मस्जिदको शिलान्यास

mahjid silanyas_kalikatimes

वीरगन्ज, १६ बैशाख ।
वीरगन्ज महानगरपालिका वडा नं २७ उदपुरघुर्मीको कुहडीमा जामे मस्जिदको शिलान्यास भएको छ । प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने मस्जिद एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य साहले संयुक्त रुपमा मस्जिदको शिलान्यास गरेका हुन । प्रदेश सभा सदस्य साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत रु ५ लाखको लागतमा मस्जिद निर्माण हुने जनाइएको छ ।

जामे मस्जिद निर्माण उपभोक्ता समितिकाका अध्यक्ष अकुम मियाँ अंसारीको अध्यक्षतामा र पूर्व मन्त्री चौरसियाको प्रमुख आतिथ्यतामा भएको शिलन्यास कार्यक्रममा स्थानीय नेता हृदेनारायण पटेल, प्रेमचन्द्र कुशवाहा, नेवि संघका सरोज चौरसिया, वडा सदस्य संदिप साह, युवा नेता धर्मेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

यस अघि शनिबार प्रदेश सभा सदस्य साह कै संसदिय बिकास कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकाको वडा नं ३ स्थित रहेको आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.497 sec. Memory consumption:82.44 mb