26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विरगंजको राणिसति अतिथि सदनमा चित्रकला प्रदशन सुरु

वीरगंज,१५ बैशाख ।
विरगंजको राणिसति अतिथि सदनमा चित्रकला प्रदशन सुरु भएको छ ।कलाकार ,चित्रकार हरिओम मेहताको चौथो एकल चित्रकला प्रदर्शनी वैशाख १५ गते देखि १७ गते सम्म रहने छ ।

३ दिने सम्म रहने प्रदर्श्निका लागी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ । ग्रोइन नेपाल फाउन्डेसनको आयोजना र उडान, भिजिट मधेस नेपाल र टिमसी को सहकार्यमा रहेको प्रर्दाशनमा तस्बिर अनावरण तथा व्यानर पढेर उद्वघाटन गदैं प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले गरेका थिए ।

सप्तरी जिल्लाको हनुमाननगरमा जन्मिनु भएको हरिओम मेहताको २९ वटा चित्रहरु राखिएको र केही चित्रहरु बिक्री भई सकेको पनि जानकारी दिनु भयो। चित्रकला प्रदर्शनीमा बिरगंज उद्योग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष सुबोध गुप्ता , शिक्षा बिद एवम् बिरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रोफेसर डा. दिपक शाक्य ,भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, युवा अभियन्ता भरत साह , ठाकुरराम क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुसवाह , बरिस्ठ महिला फोटो पत्रकार उषा नितुम्ड ,लगायत विद्यार्थीहरुको सभागिता रहेको थियो । ग्रोइन नेपाल फाउन्डेसनका प्रतिनिधि एवम् सामाजिक अभियन्ता प्रकाश थारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पब्लिक एफ.एम. का राजेन्द्र सिंहले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.469 sec. Memory consumption:81.41 mb