22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने शिक्षकलार्ई कार्यवाहि गरिने ः नगर प्रमुख सरावगी

वीरगंज,१५ बैशाख ।
विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिस्ठासंग खेलवाड गर्ने शिक्षकलाई कडा कार्यवाही गरिने वीरगंज महानगरपािलकाका नगर प्रमुख बिजय कुमार सरावगीले चेतावनी दिनु भएको छ । उहाँले सरुवाको विषयलाई निहुमा तोकिएको विद्यालयमा समयअवधी भित्र हाजिर नहँुने शिक्षकलाई कुनैपनि हालता नछाडीने प्रस्ट पार्नु भयो ।
आइतबार वीरगंजको त्रिजुद्ध माविमा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले आयोजना गरेको प्रधानाध्यापकहरुको भेलालाई संम्बोधन गर्दै नगर प्रमुख सरावगीले सरुवा गरिएको विद्यलायमा हाजिर नभई विभिन्न बहाना गर्ने शिक्षकहरुलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको जानकारी दिनुभयो ।
भेलामा सहभागि भएका विभिन्न विद्यलायका प्रधानाध्यापक तथा शिक्षक शिक्षीकाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले राम्रो काम गर्नेलाई पूरस्कार र गलत गर्नेलाई दण्डीत गर्ने नीति महानगरपालिकाले लिएको प्रस्ट पार्नु भयो ।
उहाँले महानगरपालिका भित्रसंचालित रहेका विद्यालयको पूर्वधार विकास प्रति महानगरपालिका गम्भिर रहेको बताउनुभयो । विद्यलायमा पूर्वाधार विकास नभए गुणस्तरीय शिक्षा प्रदान गर्न कठीन हुने यथार्तलाई स्वीकार गर्दै यसै शिक्षा शत्रदेखि पुर्वधार विकासका लागि अवास्यक लागनी गर्न महानगरपालिका तयार रहेको नगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।
महानगर भित्र संचालीत रहेका सैब विद्यलायमा दिवास खाजाको व्यवस्था गरिए पछि विद्यलार्थीको संख्यामा वृद्धी भएको बताउदै नगरप्रमुख सरावगीले विद्यालयमा बढेको विद्यार्थीलाई अंग्रजी माध्यबाट शिक्षा प्रदान गर्ने तयारी रहेको जानकारी दिनुभयो।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले महानगरपालकाको शिक्षा समितिले निर्धारण गरेका अध्यापन तालिका अनुसार विद्यालयमा संचालन गर्न अनुरोध गर्नुभयो ।उहाले महानगरपालिकाले समायोजन गरिएका विद्यालयका शिक्षकहरुलाई खटाइएको बिद्यालयमा अबिलम्ब हाजिर हुन निर्देशन समेत दिनु भयो ।महानगरपालिकाले आयोजना गरेको भेलामा महानगरपालिका भित्र रहेको माध्यमिक ,निम्नमाध्यमिक ,प्राथमिक तथा मदर्शाका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:6.138 sec. Memory consumption:81.38 mb