2 April 2025
KALIKATIMES.COM

प्रदेश सांसद साहको संसदिय कोषबाट निर्माण हुने प्रवेश द्वारको शिलान्यास

shilanyas_kalikatimes

वीरगन्ज, १४ बैशाख ।
पर्साको ऐतिहासिक धरोहर आमोदेवी मन्दिर प्रबेश द्वारको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिका वडा नं. ३ स्थित रहेको मन्दिर प्रबेश द्वारको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले शिलान्यास गरेका हुन ।

प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदिय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने प्रवेश द्वारको नेता चौरसियाले शिलान्यास गरेको नेवि संघका नेता सरोज चौरसियाले वताए । पूर्वाधार विकास कार्यालय प्रदेश नं. २ को सहकार्यमा संसदिय क्षेत्र विकास कार्यक्रम अन्तर्गत रु १० लाखको लागतमा प्रबेश द्वार निर्माण गरिने प्रदेश सांसद साहले वताए ।

प्रबेश द्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर तमाङ्गको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, स्थानिय नेता जंगबहादुर थारु लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.269 sec. Memory consumption:82.44 mb