22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सञ्चारकर्मीमाथि अस्पतालका चिकित्सकले गरे दुव्र्यहार

वीरगन्ज (पर्सा), ११ वैशाख ।
नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापा परेको थियो । अनुसन्धानको लागि आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको समाचार संकलन गर्न सञ्चारकर्मीहरु पुगेका थिए ।समाचार संकलन गर्न क्रममा सञ्चारकर्मीहरु मध्ये दुई जना सञ्चारकर्मीमाथि अस्पतालका चिकित्सकले दुव्र्यहार गरेका छन् ।

अस्पतालको मेसुको हाता भन्दा तल्लो तल्लाको कोठामा एकासी चर्को स्वरमा होहल्ला भइरहेको थियो । होहल्ला भइरहेको अवस्था केहि संचारकर्मी बुझ्न गएको अवस्थामा न्यूज २४ टेलिभिजन पर्सा सम्बदाता इरफान अली र सगरमाथा टेलिभिजनका आबिद हुसैनलाई अस्पतालका चिकिसत्क डा. रोकेश साहले दुव्र्यवहार गरेका थिए । अस्पतालका चिकित्सकहरु बस्ने कोठामा भेडा तथा कुकुर जस्तो लडि रहेको बेला चिकित्सकहरुको विवादलाई बुझ्नका लागि कोठा तर्फ पुगेका सञ्चारकर्मी इरफान अलिमाथी आक्रोशित डा.साहले क्यामरा खोशे सँगै खिचा तानी गदै ? भिज्जवल किन खिचेको ? हाम्रो आन्तरिक मामिला हो, हस्क्षेप किन गरेको भनेर अपशब्द प्रयोग गर्न थालेपछि सञ्चारकर्मीहरु र चिकित्सकबीच केही वेर विवाद उत्पन्न भएको थियो । सोही क्रममा डा.साहले सञ्चारकर्मीद्वयको क्यामरा खोस्ने प्रयास समेत गरेका थिए ।

अख्तियारको टोली आएर छानबिन गरिरहेको दृष्ट कैद गर्न खोज्दा डाक्टर राकेश साहले अनावश्यक विवाद खडा गरी पत्रकार जगत कै खिल्ली उडाउने अभिव्यक्ति दिएर क्यामरामा समेत तोडफोड र क्यामरा खोस्ने प्रयास गरेका थिए । यसको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एक विज्ञप्ती मार्फत भत्र्सना मार्फत दोषी चिकित्सकलाई अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.795 sec. Memory consumption:81.41 mb