22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सडक छेउमा रोकेर राखिएका दुई बसमा आगजनी

वीरगंज ,१० बैशाख ।
वीरगंज स्थित बाइपास सडक खणडमा सोमबार राति दुईवटा बसमा आगजनी भएको छ । बाइपासमा सडक खणडमा रहेको सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन् ।
बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए । उनले आजगनीको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।
आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन् । बसमा लगाइएको आगो वीरगंज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए।
दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसधनी साहले बाराको परवानीपुरका श्रवणकुमार साहलाई दुवै बस भाडा चलाउन दिएका थियो भने श्रवण कुमारले बसको भाडा लामो समयदेखि नदिएपछि बस धनी साहले दुई महिना पहिले दुवै बस खोसेर बाइपास सडक छेउमा राखेका थिए ।
यस बारेमा दुवैजना बीच पर्सा जिल्ला अदालतमा मुद्धा पनि चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.274 sec. Memory consumption:81.38 mb