24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शिक्षकहरुको क्षमता अभिबृद्धिमा जोडदिन नगर प्रमुख सरावगीको अनुरोध

mayer saheb_kalikatimes
वीरगन्ज, ९ बैशाख।
वीरगन्ज महागरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आवश्यकता अनुसार शिक्षक संगै बालबालिकाको आवश्यकता पुरा गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अमेरिकी जनताको सहयोगमा यू एस एड र शिक्षा विकास तथा समन्वय समितिले आयोजना गरेको क्षमता विकास एवम समुदाय परिचालनको समिक्षा  विषय कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
वालवालिकाहरुलाई विद्यालय पुर्याउनु भन्दा पति बिद्यालयमा टिकाउनु अहिलेको सबै भन्दा ठूलो चुनौती रहेको बताउदै नगर प्रमुख सरावगीले आवश्यकता अनुसार शिक्षकहरुको पनि क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाले विद्यालयहरुको विकासमा व्यवस्थापनमा समितिको महत्वपुर्ण भूमिका रहेको बताउदै व्यवस्थापन समिती संग सहकार्य गरेर अगाडि बढन विद्यालयका प्रध्यानाध्यापकहरुलाई नगर प्रमुख सरावगीले अनुरोध समेत गर्नुभयो ।
पर्सा जिल्लामा रहेका १४ वटै स्थानिय निकायका जन प्रतिनिधि, शिक्षा प्रमुख, अभिभावक, प्रधानाध्यपक लगयतका पदाधिकारीहरुको उपस्थितीमा तिन दिनसम्म चलने उक्त कार्यक्रममा समुदायीक विद्यालयहरुमा रहेको समस्या तथा व्यवस्थापनका बारेमा छलफल गरि त्यसको सरोकारवालाहरुको क्षमता अभिबृद्धि गरिने कार्यक्रममा जनाइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:4.317 sec. Memory consumption:81.17 mb