2 April 2025
KALIKATIMES.COM

आंग खस्ने समस्या समाधानको लागि जनप्रतिनिधिहरुको प्रतिवद्धता

aang khasane news_kalikatimes

वीरगञ्ज, ८ बैशाख ।

आंग खस्ने समस्या समाधानको लागि स्थानिय तहहरुमा अभियानको रुपमा चलाउनु पर्ने पर्साका जनप्रतिनिधिहरुले वताएका छन । वीरगञ्जमा शनिबार आयोजित आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वोल्ने पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुले महिलाको आंग खस्ने समस्या समाधाका लागि सहमत भएका हुन ।

जिल्ला समन्वय समिति, पर्साको सभाहालमा भएको कार्यक्रममा वोल्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले अगामी आर्थिक बर्ष देखी यौन तथा प्रजनन सम्बन्धि कार्यक्रम तय गरिने वताए । महिलाहरुको आंग खस्ने समस्या समाधानको लागि अगामी आर्थिक बर्ष देखी अभियान कै रुपमा संचालन गरिने वताए । हाम्रो समुदायको लागि महिला प्रजनन अधिकार सम्बन्धि शिक्षा पनि जरुरी रहेको बताउदै उनले भने ‘त्यसको लागि पाठ्यक्रम मै समावेश गरिनु पर्छ’ ।

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले महिला प्रजनन सम्बन्धि ज्ञान महिला र पुरुष दुबैको जरुरी रहेको वताए । यस बिषयमा महिला र पुरुषलाई निरन्तर अभियानको रुपमा जानकारी गराउनु पर्छ उनको भनाई थियो । वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा कार्यक्रम भएको थियो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशाुसकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको थियो ।

aang khasane programko sahabhagi_kalikatimes

गैर सरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपाने, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, पकहा मैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जारा, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, जगरनाथपुर गाउँपालिकाका राज कुशवाहा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह लगायतकाले मन्तव्य राख्दै आंग खस्ने समस्या समाधानको लागि अभियान चलाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको सहजिकरण सहयोगि संस्था वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौकी ईश्वरी नेपाल, सुमेश भटराई र उमेश यादवले गरेका थिए भने कार्यक्रमको संचालन गैसस महासंघ पर्साका सचिव चन्देश चौहान र कोषाध्यक्ष मनोज यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:4.066 sec. Memory consumption:82.47 mb