22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण

ahmadiya sangh_kalikatimes

वीरगंज ८ बैशाख ।

विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । भलुही, भरवलीया, पुरैनिया लगायतको टोलमै पुगेर शनिवार र आईतवार गरी प्रभावित ५ सय ५५ परिवारलाई कुर्ता, सलवार, शौल वितरण गरेको छ ।

गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित गाउँहरुमा वडा प्रतिनिधिहरुको विशेष उपस्थितिमा सो कपडा वितरण गरिएको हो । सो कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदिया बृद्ध संघका अध्यक्ष हैदर अली, वडा नं. १ का महिला सदस्य सुनरपति देवी, अहमदिया संघका सदस्य सकिर अहमद, इसरायल अहमद, हिजकी अहमद, सकिर आलम, अलिम अहमद, स्थानियबासी, सुरक्षाकर्मी लगायतको सहभागी रहेको थियो ।

“प्रेम सबै लाई गर घृणा कसैलाई नगर” भन्ने मुल नाराका साथ अहम्दिया संघ नेपालले दैविक प्रकोपमा बिगत समय देखि नै सक्दो सहयोग गर्दै आएको छ । बिगतका दिनमा नेपालमा आएको विनासकारी भूकम्पबाट प्रभावितहरुलाई पनि घटनास्थलमै पुगेर राहत वितरण गरेको संस्थाका सचिव मोहन अहमदले बताउनु भयो ।

सो अवसरमा मोबारक अंसारी, मोजामिल मियां, इजहार मिया, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.815 sec. Memory consumption:81.41 mb