2 April 2025
KALIKATIMES.COM

यौन तथा प्रजनन अधिकार सम्बन्धि अभिमुखिकरण सम्पन्न

ngo federation 2_kalikatimes

वीरगंज, ७ बैशाख ।
महिलाहरुको आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत सुरु भएको अभिमुखिकरणमा पर्साका डेढ दर्जन गैरसरकारी संस्थाका दुई/दुई जना प्रतिनिधी गरी ३६ जनाको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिती पर्साको सभाहालमा भएको अभिमुखिकरणमा प्रशिक्षिका ईश्वरी नेपाल, प्रशिक्षक सुमेश भटराई र उमेश यादवले प्रशिक्षण दिएका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको समापन समारोहमा गैरसरकारी संस्था महासंघ पर्साका सचिव चन्देश चौहान, सलाहकार समितिका सदस्य जयनारायण चौधरी, सहभागिको तर्फबाट गणेश महरा, माल्ती कुशवाहा, रोशनी साहले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन महासंघ पर्साका कोषाध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए ।

ngo federation_2_kalikatimes

यस्तै महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत नै आइतबार पर्साका १४ वटा स्थानिय तहका प्रमुख, उपप्रमुख प्रमुख प्रशासकिय अधिककृतहरु र पत्रकारहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम हुने महासंघका प्रदेश सदस्य नरेश जयसवालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:3.607 sec. Memory consumption:82.44 mb