22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मंगलबार साँझ आएको हावाहरीले घर जस्तै देखिने ‘चाईनिज टेन्ट’ उडाए

वीरगंज,५ बैशाख ।
१७ चैतमा आएको विनाशकारी टोर्नाडोले घर उडाएपछि हावाहुरी पिडित रहत स्वरुप पाएका चाईनिज टेन्टका घर समेत उडाएको छ । मंगलबार साँझ आएको हावाहरीले घर जस्तै देखिने ‘चाईनिज टेन्ट’ मात्र उडाएन, घरमा भएको राहतको लताकपडा तथा राहतका चामल पनि घोप्ट्यायो ।


हावाहुरीले अति प्रभावित भलुही भरवलीया र पुरैनिया गाउँका एक दर्जन टेन्ट उडाइदिएको छ । १७ चैतको आँधीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अस्थायी आवासका लागि टेन्ट गाडिदिएका थिए ।
असिना पानीसँगै आएको हावाहुरीले टेन्ट उडाएपछि उनीहरुले छिमेकीको घरमा रात सोवएबले विताए ।


फेटा गाउँपालिका(१ का गेना राउत मंगलबारको हावाहुरीले पछिलो घटनालाई ताजा गरिदिएको बताउँछन् । ‘अस्तीको जस्तो त होइन तर, हावाहुरी र पानी आइरहेको थियो, घर छेउको बिजुलीको पोल हल्लिरहेको थियो’ उनले भने ‘ फेरि घर ढल्ने हो कि भन्ने डर मनमा थियो । त्यसैले सबैजना भागेर खुल्ला ठाउँमा गएर बस्यौं ।’
हासिमसँगै सफिक अन्सारी, मुस्तुफा अन्सारी, रफिक अन्सारी, तुफैल अन्सारी र सबिला खतुनको अस्थायी टेन्ट बस्न नमिल्ने हावाले उडाएको छ ।


प्रदेश सरकारले टोर्नाडो प्रभावितहरु घर बनाउने भएको छ, त्यसमा सहकार्य गर्ने गरी संघीय सरकारले पनि घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले स्थलगत निरीक्षण समेत गरिसकेका छन् ।
फेटा गाउँपालिकाका नायबसुब्बा सुशील यादव भन्छन्, ‘सेनाको सहयोग लिएर प्रभावितका लागि घर बनाउने भनिएको छ । त्यसैले स्थानीय सरकारले घरबारे केही सोचेको छैन ।’
तर, हुरी प्रभावितको एउटै आग्रह छ, छिटो भन्दा छिटो घर बनोस् र त्यसमा ढुक्कसँग बस्न पाइयोस् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:5.534 sec. Memory consumption:81.43 mb