22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेशनल मेडिकल कलेजमा विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावकले लगाए आरोप

वीरगंज,४ बैशाख ।
नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई व्यवस्थापन पक्षले चरम यातना दिने गरेको अभिभावकले आरोप लगाएका छन् ।विभिन्न बहानामा विद्यार्थीलाई कुट्ने गरेको अभिभावक दिनानाथ यादवले आरोप लगाए ।जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर जादाँ दर्ता गर्न नमानेको उनको आरोप छ ।एमबिबिएसमा अध्यन्रत्त विद्यार्थीहरु मध्ये जनकपुर,भानुचोक,पोखरीटोल निवासी सुमीत यादवलाई अस्पताल व्यवस्थापन पक्षिले निर्घात कुटपिट गरेको अभिभावकको आरोप छ ।


मंगलवार विहान अभिभावकको अगाडि व्यवस्थापन पक्षले बासको चिर पटले कुट्दै नियन्त्रणमा लिई पुनः कोठामा थुनेर कुटेको अभिभावक यादवले बताए ।नारायणी अस्पतालमा उपचार गराउन आएका घाइते विद्यार्थी यादवको जिउभरी नीलडाम रहेको छ ।
विद्यार्थीका आनुसार एक साता अघि व्यवस्थापन पक्षले यादवलाई कुटपिट गरेको हो ।विगतका दिनमा यस्तो घटना भएपनि अस्पताल व्यवस्थापनको खासै चासो नरहेको विद्यार्थीले जानकारी दिए ।विद्यार्थीका अनुसार नेशनल मेडिकल कलेजमा पढइ भन्दाँ विभिन्न बहानामा त्याहाँ अध्यन्रत विद्यार्थीहरुलाई जिसकाउने प्रक्रीया अन्तय नभएको जनाए । यस्ता घटना पटक पटक अस्पताल व्यस्थापक लाई जानकारी दिदाँ समान्य भएको व्यस्थापकले विद्यार्थीहरुलाई आलटाल गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका पडित विद्यार्थीले भने कार्यलयका प्रनाउ अनन्तराज शार्मले यस्ता उजुरी जिल्ला प्रशासनमार्फत आएमा दर्ता गरिने जानकारी दिए ।यस घटनाको बारेमा फोन सम्र्पक गरी अस्पतालका एक प्रतिनिधि प्रमेद सर्राफले भने यो घटना जिल्ला प्रशासन कार्यलयको आदेश घटना एक साता अघिको हा केहि दिन देखी विद्यार्थीलाई सम्झाउने प्रयास भएको तर सो सम्वन्धमा सम्पूर्ण जिम्मेवारी प्रिन्सिपल नीलमणि उपाध्यायको रहेको बताए ।उनले प्रिन्सिपल उपाध्यायको सम्पर्क मोवाइल दिन रोक लगाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:5.168 sec. Memory consumption:81.42 mb