22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नयाँ बर्ष आइतबार परेकोले वीरगंजमा मासुको बिक्री कम

वीरगंज, १ बैशाख ।
नयाँ बर्ष यस बर्ष पनि पर्सा लगायत देश भरी नै धुमधामका साथ मनाइएको छ । नयाँ बर्ष २०७६ को पहिलो दिन आईतबार देश भरी धुमधामको साथ मनाइएको हो । नयाँ बर्षका दिन नयाँ नयाँ ठाउँमा घुमघाम गरी मिठा खाने कुरा खाई मनाउने गरे अनुसार यस बर्ष पनि मनाइएको हो ।

नयाँ बर्षको अवसरमा वीरगंज लगायत विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी पनि मनाइएको छ । यता यस बर्षको नयाँ बर्ष आइतबार परेकोले वीरगंजमा मासुको बिक्री कम भएको छ । तराईमा आईतबारका दिन धेरै जसोले मासु नखाने गरेका कारण मासुको बिक्री कम भएको लकी मिट हाउसका संचालक फयाज आलमले वताए ।

आइतबार अधिकांश महिलाहरु मासु नखाने गरेका कारण पनि मासुको बिक्री कम भएको उनको भनाई थियो । गत बर्ष २० देखि २५ वटा खसी बिक्री गर्दै आएका मासु हुदै आए पनि आज ७ वटा खसी बिक्री मात्र भएको उनले बताए ।

यता मासुको कम बिक्री संगै नयाँ बर्षको चहलपहल पनि घटेको छ । वीरगंजमा रहेको भिस्वा डाँडा, घरिअर्वा पोखरी, भुटनदेवी मन्दिर लगायतको पर्यटकिय स्थलमा समेत चहलपहल कम देखिएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.033 sec. Memory consumption:81.46 mb