22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मधेसमा चैती छठ पर्व तेश्रो दिन मनाइयो

वीरगन्ज,२८ चैत ।
छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुले तराई तथा मधेसमा अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका छन् ।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (बिहिबार) अर्थात षष्ठी तिथीलाइ छठको सँझीया घाटे तथा मुख्य दिन मानिन्छ । छठको मुख्य दिन बिहिबार साँझ ब्रतालु मलिाहरुले तराई तथा मधेसका नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका हुन्।


सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा खास्टा ,पुडी,पडुकीया बनाउने गरिन्छ । हरियो फलफुलका रुपमा मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ।


छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन (शुक्रबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:5.011 sec. Memory consumption:81.47 mb