22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

हावाहुरी प्रभावित वीरगंजको सौराहामा मन्त्री पण्डितद्वारा राहत वितरण

वीरगंज, २३ चैत ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शनिबार हावाहुरी प्रभावित वीरगंज महानगरपालिकाको वडा नं. १८, सौराहामा राहत वितरण गरेका छन । मन्त्री पण्डितले आइतबार आएको भिषण हावाहुरी प्रभावित सौराहका ४० परिवालाई त्रिपाल र खाद्यय सामग्री राहत वितरण गरेका हुन ।

वीरगंज पुगेका मन्त्री पण्डितले आफै प्रभावित क्षेत्रमा पुगी प्रति परिवार एक थान पाल र ३० किलोग्राम भएको चामल एक बोराका दरले वितरण गरेका हुन । राहत वितरण गर्दै मन्त्री पण्डितले हावाहुरी प्रभावित सबैको घर बर्षायाम भन्दा पहिला नै बन्ने दाबी गरे । घर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएकोले समय मै घर बन्ने मन्त्री मण्डितको भनाई थियो ।

राहत वितरण कार्यक्रममा नेकपाका नेता नागेन्द्र चौधरी, रामचन्द्र साह, विचारी यादव, प्रदेश सांसद ओमप्रकाश शर्मा, वीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष शुबोध गुप्ता लगायतकाको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.092 sec. Memory consumption:81.41 mb