22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

असिना पानीका कारण हावाहुरी पीडितको झन् विचल्ली

वीरगंंज, २३ चैत । आज आएको हावाहुरीसहितको असिना पानीका कारण बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ ।

पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।

केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीयले बताएका छन् ।

बर्षाका कारण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बस्न सकेको छैन ।

गत आइतबार राति आएको हावाहुरीका कारण २४ सय घरपरिवार प्रभावित भएको भए पनि अहिलेसम्म स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा झन्डै ६ सय टेन्ट मात्र पुगेको बताइएको छ ।

यस घटनामा बारा, पर्साका २९ जनाको मृत्यु, करिब ६ सय घाइते भएका छन् । २४ सय घर परिवार प्रभावित भएकोमा एक हजार घर पूर्णरुपमा भत्किएको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.025 sec. Memory consumption:81.43 mb