22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

राहत वितरण सहि ढंगले भएन : अध्यक्ष राणा

वीरगञ्ज : राष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष रापशुपति शमशेर जंगबहादुर राणाले हावाहुरी पिडितको राहत सही ढंगले वितरण नभएको वताएका छन । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले राहत प्रभावकारी रुपले वितरण भएको वताएको भोलीपल्ट शुक्रबार वीरगंज पुगेका अध्यक्ष राणाले राहत पाउनु पर्नेले नपाएको वताएका हुन ।

बिहिबार मात्र पत्रकार सम्मेलन गर्दै मन्त्री यादवे राहत सबैले पाएको वताएका थिए भने शुक्रबार पत्रकार सम्मेलन नै गर्दै अध्यक्ष राणाले राहत सही ढंगले वितरण नभएको आरोप लगाएका हुन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएको पत्रकार सम्मेलनमा वोल्दै उनले भने ‘जसले पाउनु पर्ने नपाए, लुटेराहरुले पाए’ ।

प्रभावित परिवार भन्दा वढी पाल यहां आउदा पनि यसको वितरण सही ढंगले नभएको उनको भनाई थियो । सब भन्दा पहिला राहतको व्यवस्थापनमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार सजग हनु पर्ने उनको सुझाव थियो । सब भन्दा ठूलो अहिले अवश्यकता पिडितलाई स्थाई बसोबास चाहिन्छ । उनले भने ‘घरविहिन भएकाहरुको लागि तुरुन्त सरकारले घर बनाउनु पर्छ’ हामी सरकार संग मांग गर्दै छु ।

आइतबार आएको हावाहुरी अनुभुत घटना हो भन्दै अध्यक्ष राणा त्यो विनाशकारी क्षणको सन्दर्भमा सबैको जिम्मेवारी उत्कै भएको समेत उनको धारणा थियो । अध्यक्ष राणा हावाहुरी पिडित घाइतेलाई भेटन नारायणी अस्पताल समेत पुगेका थिए भने प्रभावित क्षेत्रमा पुगी राहत वितरण पनि गरेका थिए ।

त्यस पछि पत्रकारहरु संग भेटघाट गर्दै भिषण हावाहुरीको सन्दर्भमा आफ्नो पार्टीको र आफ्नो धारणा उनले सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.682 sec. Memory consumption:81.46 mb