22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सामा एसईई परीक्षमा अमर्या्दित गतिबिधि गर्ने निरीक्षक कारबाहीमा

वीरगंज,२२ चैत ।
प्रदेश २ मा प्रश्न पत्र बाहिरिएका कारण स्थगित भएको एसईई परीक्षा पुनः शुक्रबारबाट सुरू भएको हो । शुक्रबार विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ ।
पर्सा जिल्लामा एसईई परीक्षमा अमर्या्दित गतिबिधि गर्ने निरीक्षक कारबाहीमा परेका छन् ।
परीक्षा अनुगमनका क्रममा अमर्या्दित गतिविधि गरेको पाइएपछि ८ जना कारबाहीमा परेरका छन् । कारबाहीमा पर्नेहरूमा पोखरिया परीक्षा केन्द्रका दिपरानी चौहान, दिपेन्द्र कुमार तेली र अशोक जयसवला, रामनगरी परीक्षा केन्द्रबाट हृदय नारायण पटेल, पवन प्रसाद साह, सुरेन्द्र कुर्मी र बहुअर्वाभाठा परीक्षाकेन्द्रका मोहन चौहान र अजय कुमार तेली परेको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिनुभयो ।
परेका निरीक्षक अबदेखि एसईई जारी रहँदासम्म निरीक्षकको भूमिका निर्वाह गर्न पाउने छैनन् ,’ प्रजिअ भट्टराईले बताए । केही निरीक्ष कारबाहीमा परेको भए पनि शुक्रबारको परीक्षा मर्या्दित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.956 sec. Memory consumption:81.4 mb