22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

यादवले सञ्चालन गरेको रक्सी भट्टी नष्ट

वीरगंज,२२ चैत ।
पर्सा प्रहरीले शुक्रवार अवैध रक्सी भट्टी नष्ट गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका २७ उदयपुरघुर्मीमा अवैध रक्सी भट्टी नष्ट गरेको हो ।
वीरगंज महानगरपालिका २७ उदयपुरघुर्मीमा अर्काको जग्गा कब्जा गरी भरत यादवले सञ्चालन गरेको रक्सी भट्टी नष्ट गरेको हो ।
बाँसको झाडीले घेरिएको खोला नजिकै रहेको जग्गामा यादवले बलजफ्ती फुसको अस्थायी छाप्रोमा घरेलु रक्सी उत्पादन र्गै आएका थिए ।
महेश रामको जग्गा बलजफ्ती कब्जा गरी अवैध घरेलु रक्सी उत्पादन हुन्छ सूचनाको आधारमा प्रहरी टोलीले रक्सी भट्टी नष्ट गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले ३ सय लिटर रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ४ थान ड्रम र बाल्टिनसमेत बरामद गरि नष्ट गरेको प्रहरी निरीक्षक चक्र बहादुर मल्ललको जानकारी दिए ।
बाहिरबाट ताल्चा लगाएर राखिएको अवस्थामा खोलेर हेर्दा चार वटा ड्रममा रक्सी बनाउने कच्चा पदार्थ राखेको पाइएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:5.184 sec. Memory consumption:81.43 mb