22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

हावाहुरी प्रभावितलाई विद्यार्थीहरुद्वारा सेनेटरी पैड वितरण

वीरगंज, १९ चैत ।
समृद्ध नेपाल युवा समाज संग आवद्ध विद्यार्थीहरुले बुधबार हावाहुरी प्रभावित क्षेत्रमा सेनेटरी पैड लगातका राहत समग्री वितरण गरेका छन । काठमाण्डौबाट आएका कक्षा ११, १२ मा अध्ययनरत समाज संग आवद्ध विद्यार्थीहरुले हावाहुरी प्रभावित बाराको प्रसौनी गाउँपालिकाको खटुवामा पुगि राहत सामग्री वितरण गरेका हुन ।

महिलाहरुको लागि सनेटेरी पैड लगायत दैनिक जिवनमा प्रयोग हुने साबुन, ब्रस, तुथ पेष्ट लगायत खाद्यय सामग्री एक सय ५० घरदुरीलाई वितरण गरिएको समाजका संयोजक भेष साहले वताए । यसका साथै हवाहुरी प्रभावित क्षेत्रमा मंगलबार देखी नै खटेका समाजका स्वयंसेवहरु बुधबार पनि श्रमदान गरेको समाजका सह संयोजक रवि चौधरीले वताए ।

युवा समाजका दुई दर्जन जति स्वंय सेवकहरु हावाहुरी प्रभावित खटुवामा श्रमदान गरेको उनले वताए । राहत वितरण गर्ने क्रममा खटुवामा अझै पनि त्रिपाल, मछर जाली लगायतको अस्थाई बासको लागि राहत सामग्री पुगी नसकेको पिडितहरुको गुनासो गरेको समाजका लक्ष्मण साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.117 sec. Memory consumption:81.47 mb