22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेता नेपाल पनि वीरगंजमा, प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्ने

madhaw nepal_kalikatimes

वीरगंज, २० चैत ।
ंपूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भिषण हावाहुरी आएको चौथो दिन बुधबार प्रभावित क्षेत्र पुगेका छन । आइतबार आएको भिषण हावाहुरी प्रभावित बारा–पर्साको घाइते भेटन तथा राहत वितरण गर्न नेता वीरगंज पुगेका हुन ।

सतारुढ दलका बरिष्ठ नेता नेपाल वीरगंज स्थित नारायणी अस्पताल र नेशनल मेडिकल क्लेजमा पुगी हावाहुरीबाट घाइते भएका संग भेट गरेका छन ।

घाईतेहरु संग भेट गर्दै नेता नेपाल उपचारमा कुनै कसर बाकी नराख्न चिकित्सकहरुलाई आग्रह समेत गरेका छन । घाइतेहरुको अवस्था बुझदै नेता नेपालले उपचार कुनै कीसिमको ढिलाई नगर्न समेत अस्पताल प्रशासनलाई आग्रह गरेका हुन ।

यस पछि नेता नेपालको हावाहुरी प्रभावीत क्षेत्रको निक्षिण तथा राहत वितरण गर्ने कार्यक्रम रहेको नेकपाका नेता नागेन्द्र चैधरीले बताए ।

यस अघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड), नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा लगायतका नेता प्रभावित क्षेत्रको निरिक्षण तथा घाइते भेटि सकेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.342 sec. Memory consumption:81.46 mb