22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए माइतका चाहाना, सुनीतादेवीको दाह सँस्कार

वीरगंज,१७ चैत ।
नारायणी अस्पतालका डा. सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार भएको छ । सुनिताको माइती घर बारा पारवानीपुर गा.पा वडा ५ बहुवरीबाट आइतबार बिहान बारा प्रसौनी गा.पा को दुघौरा नदीमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरिएको हो । डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते बनेकी सुनिताको वीरगंजबाट काठमाडौँको शिक्षण अस्पतालमा लगीएको शुक्रबार मृत्यु भएको थियो। सुनितादेवीको मृत्युबाट माइती पक्ष आन्दोलित भएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगजका अगुवाइहरूले प्रदर्शन गरेका थिए।सुनीताका आफन्त तथा माईतका नागरीकले बढो धुम धामका साथ विवाह डाक्टर बर खोजेर बिहेगरी सुख हुन्छ भन्ने सोचको बताए । दाइजोमा करिव २० लाख बराबरका नगद तथा गरगहना दिएका थिए, ‘तर,डा.ले दाइजोकै निहुँमा सुनीतको हत्या गयो। श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए हुन्थ्यो भनेर सुनीताका माइतका नागरिकले चाहाना व्यक्त गरेका छन् । पीडित परिवारलाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र प्रउ रेवती ढकाल दोषीलाई कानुनको दायरामाल्याई कडा कारवाही गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:5.081 sec. Memory consumption:81.76 mb