22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै

तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै तस्विर प्रणय साह

वीरगंज,७ चैत ।
तराई मधेश क्षेत्रमा बिहीबार होली मनाइँदै छ । जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुनगरको परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

तस्विर प्रणय साह

पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुरको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलन रहेको छ । पहाडी भूभागमा होलिका दहनअघि नै फागु(होली) मनाउने चलन भए पनि तराईमा भने ‘होलिका दहन’ गरेपछि भोलिपल्ट मनाउने परम्परा रहेको छ ।

तस्विर प्रणय साह

तराई मधेसका अधिकाश गाउँ घरमा ‘होलिका दहन’ का दिन राति गाउँ टोलका मानिसहरु आआफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ । ‘होलिका दहन’ भइसकेपछि मानिसहरू स्थानिय आफनो भाषमा होलीको गीत गाउँदै आ–आफ्नो घर फर्किन्छन्। तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास रहेको छ होेली पर्वमा रङ अबिर लगाई एक आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । जनकपुरमा भने शुक्रबार होली मनाइँदैछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.230 sec. Memory consumption:81.47 mb