24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छपकैयावासीद्धारा मेयर सरावगी सम्मानित

mayer samanit_kalikatimes
वीरगन्ज, ३ चैत्र ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई छपकैया वासीले सम्मानित गरेका छन् । वीरगन्ज महानगर नगरपालिका वडा नम्बर २ छपकैयाबाट सयौको सख्यामा महानगरपालिकाको कार्यालय पुगेका स्थानियले नगर प्रमखु सरावगीलाई धन्यवाद व्यक्तगर्दै माला लगाएर सम्मान गरेका छन् ।
छपकैया पोखरी बचाऔ सघर्ष समितिका अध्यक्ष जफ्फर अंसारीको नेतृत्वमा पुर्व वडा अध्यक्ष शेख नैमुदिन मिया, राजदेव बरइ र शेख लालमहमद लगायत महिला तथा पुरुषहरुको टोलीले वीरगन्जको छपकैयामा रहेको सार्वजनिक पोखरीको जग्गालाइ बच्चाउन महानगरपालिकाले अगाडि बढाएको कार्यवाहि प्रति धन्यवाद व्यक्त गर्दै वडा वासीले नगर प्रमुखलाई सम्मान गरेका हुन ।
स्थानि प्रमोद विक्रम शाहले किर्ते कागज खडागरी गोश्वारा नापीबाट आफ्नो नाउमा उक्त जग्गा दर्ता गराए पनि नेपालको सविधानको धारा २१८ तथा स्थानि सरकार संचालन ऐन २०७४ को दफा १७ बमोजिम पोखरीलाई पुन सार्वजनिक गराउन सम्बन्धित मन्त्रालयहरुमा गरिएको पत्राचार लगायतका विभिन्न कार्यवाहि प्रति महानगरपालिकालाई छपकैयावासीले एक कार्यक्रम गरी धन्यवाद व्यक्त गरेका हुन ।
स्थानियहरुले गरेको सम्मान प्रति नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गर्दै आफु महानगरको विकास र धरोहरहरुको रक्षार्थ  सधै प्रतिवद्ध रहेको बताउनु भयो । उहाले वीरगन्ज छपकैया पोखरी सार्वजनिक जग्गा भएको र त्यासलाई जोगउनु महानगरपालिकाको कर्तव्य भएको बताउदै आवश्यक सबै कार्यवाहिहरु अगाडि बढाइएको बताउनु  भयो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:5.214 sec. Memory consumption:81.24 mb