24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जनता आवास कार्यक्रम विपन्न र दलित जातिलाई पहिलो प्राथमिकता दिने – मन्त्री सोनल

जनता आवास कार्यक्रमको कार्यालय उद्घाटन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल।

वीरगज,२७ फागुन ।
प्रदेश नं. २ का सरकारले दलित समुदायका लागी जनता आवास कार्यक्रम अंतरर्गत दलित समुदाय भित्रका चार जातियलाई प्राथमिकता दिने जानकारी दिएका छन् ।आर्थिक रुपमा विपन्न र दलित समुदायका मुसहर, डोम, चमार र हलखोर जातिलाई पहिलो प्राथमिकता दिने जानकारी दिएका छ ।
वीरगंजमा सोमबार जनता आवास कार्यक्रमको कार्यालय उद्घाटन गर्दै प्रदेश नं.२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले दलित समुदायका मुसहर, डोम, चमार र हलखोर जातिलाई पहिलो प्राथमिकता दिएको बताए ।
मधेसका दलित समुदायमा पनि यी चार जाति आर्थिक र सामाजिक रुपले सबै भन्दा पछाडि रहेका कारण पहिलो प्राथमिकता दिइएको र यी जाति प्रदेश २ का महादलित, महाविपन्न र भूमिहीन समुदाय रहेको मन्त्री सोनलले जानकारी दिए।
चार जाति मध्ये अधिकांशको आफ्नो नामको लालपूर्जासमेत नभएकोे र ऐलानी जग्गामा गुजारा गरिरहेका कारण उनीहरूलाई भोगचलन गरिरहेको जग्गाको भोगाधिकार प्रमाणपत्र वितरण गर्न प्रदेश स्थानीय तहलाइ निर्देशन दिइसकिएको सोनलले बताए ।’
दोस्रो चरणमा चमार, पासवान, दुसाद जातिका साथै एकल महिला र सहिद परिवारका लागि पक्की घर बनाइने जानकारी दिदै यसअघि संघीय सरकार मातहतमा रहेको जनता आवास कार्यक्रममा कर्मचारीको लापरवाही, राजनीतिक हस्क्षेप लगायतले ढिलासुस्ती भएपनि अब प्रदेश सरकारको मातहतमा आइसकेकाले समस्या नदोहोरिनेमन्त्री सोनलले बताए।
जनता आवास कार्यक्रम आर्थिक वर्ष २०६७ र ०६८ देखि विपन्न तथा दलित समुदायका लागि पक्की घर बनाउन सरकारले लागू भएको थियो सो कार्यक्रम यस वर्ष प्रदेश सरकार मातहतमा आएपछि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका ८ वटै जिल्लामा जिल्लास्तरीय समिति गठन गरी काम अगाडि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:212. Generation time:4.915 sec. Memory consumption:81.43 mb