22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा एक युवक माथी खुकुरी प्रहार, २ जना पक्राउ

वीरगंज, ९ माघ ।
वीरगंजमा बिहीबार राती एक जना युवक माथी खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारले वीरगंज १५, भिस्वा निवासी २७ वार्षिय अनुप सिन्ह घाइते भएका छन । घाइते सिन्हको उपचार नेशनल मेडिकल क्लेज वीरगंजमा भईरहेको छ ।

खुकुरी प्रहार गर्ने अशंकामा २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा वीरगंज लक्षमनवा निवासी नन्द्न भनिने आकाश सिंह राजपुत र विराट झा रहेका छन ।

दुई समुह विच भिस्वामा झडप भएको जानकारीमा आएको र सोही क्रममा एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक आन्नत राज शर्माले वताए । पर्सा प्रहरीका प्रवक्ता समेत रहेका शर्माका अनुसार पक्राउ पर्ने २ जनाको साथबाट खुकुरी समेत बरामद भएको छ ।

झडप किन र के कारणले भयो अहिले रातीको समय रहेकोले भन्न नसकिने र अनुसन्धान भईरहेको शर्माले जानकारी गराए । घाईतेको पिठ्युँमा कटेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.462 sec. Memory consumption:81.45 mb