24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा पनि नेवि संघद्वारा सरकारी गाडी चल्नमा अवरोध

gadima awrodh-kalikatimes

वीरगंज, १९ माघ ।
वीरगंजमा पनि नेपाल विद्यार्थी संघले सरकारी गाडी चल्नमा अवरोध गरेको छ । नेवि संघको केन्द्रिय विरोधको कार्यक्रम अन्तर्गत आज वीरगंजमा पनि सरकारी गाडी चल्नमा अवरोध गरिएको नेवि संघका केन्द्रिय सदस्य बद्री नारायण तिवारीले वताए । के.पी. ओली नेतृत्वको सरकार अद्यिनायकवाद, तनासाही, ज्यादती तर्फ अग्रसर भएकोले विरोधको कार्यक्रम अन्तर्गत सरकारी गाडी चल्नमा अवरोध गरिएको तिवारीले वताए ।

तिवारीका अनुसार वीरगंजमा सरकारी गाडी नचलेको र ठाकुर राम बहुमुखी क्याम्पसमा ४ वटा गाडी मात्र सरकारी नम्बर प्लेटको फेला परेकोले नियन्त्राण लिन खोज्दा सशस्त्र प्रहरी आफनो नियन्त्रणमा लिई लगेको छ ।

केन्द्रिय सदस्य तिवारीको नेतृत्वमा भएको सरकारी गाडी अवरोधको कार्यक्रममा विद्यार्थी नेता देव पटेल, अनिल पटेल, त्रिलोकी साह, मुनराज तिवारी, अव्दुल कयुम, रन्जन चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.284 sec. Memory consumption:81.47 mb