24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

धान भित्र लुकाई छिपाई ल्यारहेको अवस्थामा ५० लाख भन्दा बढीको कपडा पक्राउ

pakrau pareko kapada-kalikatimes

वीरगंज, १३ माघ ।
सशस्त्र प्रहरीका डि.आई.जी. प्रबिन कुमार श्रेष्ठ नेतृत्वको छडके टोलीले वीरगंज महानगरपालिकाको अलौंबाट भारी परिमाणमा कपडा पक्राउ गरेको छ । ट्याक्टरको टेलरमा धान लोड गरि त्यसको भित्र राखी ल्याई रहेको अबैध कपडा वीरगंज पोखरिया सडकखण्डमा पर्ने अलौंबाट पक्राउ गरिएको सशस्त्र प्रहरी रुद्रवाहनी पथलैयाका डि.आई.जी. श्रेष्ठले वताए ।

बिशेष सुराकीको आधारमा धान लोड गरिएको टेलर भित्र राखी ल्यारहेको भन्सार छलीको ५० पोका कपडा बरामद गरिएको डि.आई.जि. श्रेष्ठले जानकारी गराए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौं भन्दा १०० मिटर अगाडीबाट पोखरीबाट वीरगंज तर्फ आईरहेको ट्याक्टर चेकजांच गर्दा अवैध धान लोड गरिएको टेलर भित्र बरामद भए पछि नियन्त्रण लिइएको श्रेष्ठले जानकारी गराए ।

धान भित्र बरामद भएको कपडाको मुल्य रु ५० लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । पर्साको छिपरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरबाट वीरगंज तर्फ आईरहेको ना. २ त. १६४८ नम्बर स्वराज ट्रेक्टर सहित अबैध कपडा र ट्रेक्टर चालकलाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका चालक पर्सा छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुर निवासी सोनालाल राउत कुर्मी रहेका छन ।

पक्राउ परेको कपडा र ट्रेक्टर छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुरका पन्नालाल साहको रहेको प्रहरीले जनाएको छ । पर्साको ग्रामिण नाकाबाट भित्रयाईएको अबैध कपडा पहिला ट्रेक्टरको टेलरमा लोड गरि त्यस माथी धानको बोरा लोड गरी नयाँ तरिकाबाट लुकाई छिपाई ल्यारहेको अवस्थामा पक्राउ परेको हो ।

यसरी धान भित्र भारी परिमाणमा कपडा बरामद भए पछि दिनहु जसो भारतबाट नेपाल भित्रिने गरेको धान भित्र पनि तस्करी भइरहेको अनुमान गरिएको छ । प्रहरी कै मिलोमतोमा भारतबाट धान तस्करी दिनहु हुने गरेको छ । पक्राउ परेको अवैध कपडाको बिषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका डि.आ.जी. श्रेष्ठले वताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:5.610 sec. Memory consumption:81.47 mb