22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित

udhog b anijiya-kalikatimes

वीरगंज, २९ पुस ।
वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुवोध गुप्ता, द्वितिय उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाल, सचिव उद्योग तर्फ मनोज दास, बाणिज्य तर्फ अरविन्द अमात्य, सहसचिव उद्योग तर्फ आशिष कुमार लाठ, बाणिज्य तर्फ प्रेम चन्द्र गोयल, निर्विरोध चयन भएका हुनु ।

त्यसैगरी कोषाध्यक्षमा रविन्द्र वर्णवाल र दिपक टिवडेवालको उम्मेदवारी परेपछि अहिले साँझ मतदान हुने कार्यक्रम रहेको नवनिर्वाचित अध्यक्ष गोपाल केडियाले बताए । त्यसैगरी संघको सहकोषाध्यक्षमा गोविन्द शाह निर्वाचित हुनु भएको छ । पदाधिकारीको कोषाध्यक्ष वाहेक सम्पूर्ण पद निर्विरोध चयन भएको केडियाले जानकारी गराए ।

यसअघि वीरगंज उद्योग वाणिज्य संघको साधारण सभाबाट वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट गरी ३५ जना सदस्यहरु निर्विरोध निर्वाचित भई सकेको र उनिहरुबाटै १० जना पदाधिकारीको छनोट भएको निर्वाचन समितिले जनाएको छ । वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाको गत पुस २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.535 sec. Memory consumption:81.46 mb