22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज महानगरपािलकाको कामकाज ठप्प पारी कर्मचारीहरु आन्दोलनमा

andolan-kalikatimes

वीरगंज, १९ पुस ।

वीरगन्ज महानगरपालिका कर्मचारी बिहीबारदेखि कामकाज ठप्प पारेर अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । कर्मचारी आन्दोलनमा उत्रिएका कारण बिहीबारदेखि महानगरपालिकाको काम ठप्प भएको छ । कर्मचारीको अनिश्चितकालिन आन्दोलनका कारण महानगरपालिकामा वारुण यन्त्र शाखाको काम बाहेक महानगरको फोहोर संकलन, कार्यालयका प्रशासनिक लगायतका सबै कामकाज ठप्प भएको हो ।

स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइ र नेपाल नगरपालिका कर्मचारी एशोसिएसन वीरगन्ज महानगरपालिका इकाइ समितिको आह्वानमा महानगरपालिकामा अस्थायी, करार र ज्यालादारी गरी कार्यरत कर्मचारी कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीको वृतिविकास र बढुवा हुनुपर्ने, तहगत दरबन्दी लागू गर्नु पर्ने लगायतका माग आन्दोलनरत कर्मचारीको छ।

आफ्ना मागका बारेमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशाकीय अधिकृतलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज  इकाइ समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.569 sec. Memory consumption:81.46 mb