[real3dflipbook id=”211″]
प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी सम्पन्न
वीरगंज । “बा आमाबाट बाल बिछोड रोक्नु हरेक प्रदेशको जीमेवारी सम्बन्धी दुई दिने प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी” शुक्रबार होटल पुजनमा सम्पन्न भएको छ ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना र सुविस संस्थाको सह आयोजनामा भएकाे गाेष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा सुविस संस्थाकी प्रदीप्त कादम्बरीले बाल बालिकाहरु किन कसरी आफ्नो आमा बुबाबाट बिछोड हुन पुग्छन भन्ने विषयमाथि प्रकाश पारेकी थिइन । उनले गोष्ठीमा नेपालमा बालबालिकाहरुको वर्तमान अवस्था र आमा बुबाबिचको सम्बन्धको बारेमा विस्तृत जानकारी समेत गराइन ।
गोष्ठीमा सहभागीहरुलाई जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साहले यो विषय अत्यन्तै महत्पूर्ण भएको हुनाले यस तर्फ पनि स्थानीय तहले विशेष ध्यान दिन आग्रह गरेका थिए । दुई दिने गोष्ठीमा सहभागीहरुलाई बालबालिका र आमा बुबा बिचको सम्बन्ध सम्बन्धी प्रोजेक्टरको माध्यमले विभिन्न जानकारी, समुहगत छलफल, अन्तरक्रिया लगायत प्रोजेक्ट वर्कको माध्यमले तालिम दिइएको थियो ।
जिल्ला समन्वय समिति पर्साका सलाहकार बृजकिशाेर पटेलले अभिभावकहरुलाई आफ्नो बालबालिका प्रति जिम्मेवार भई बालबालिकाको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
पर्सागढीबाट जुवा खेल्ने १२ जना पक्राउ
वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिका वडा नं.९, बरेवाबाट जुवा खेल्ने एक दर्जन ब्यक्तिहरुलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको टोलीले पर्सागढी नगरपालिका वडा नं. ३ निवासी ३० बर्षिय कोशिया ठाकुर, २६ बिर्षिय बिरेन्द्र सहनी, २९ बर्षिय सुरेश साह, वडा नं. १ निवासी २४ बिर्षिय गोवर्धन राम, ३२ बर्षिय प्रमाेद ओझैया, वडा नं. २ निवासी ३६ बर्षिय माेतिलाल चाैधरी, सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ निवासी ३४ बर्षिय दिनेश दास थारु, ३६ बर्षिय राकेश ख्वास थारु, पटेर्वा सुगाैली गाउँपालिका वडा नं. १ निवासी ३५ बर्षिय ज्वाला गिरी, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ३० बर्षिय नन्दु मुखिया, २२ बर्षिय प्रमाेद राउत, सिम्रोनगढ नगरपालिका वडा नं. १ निवासी २५ बर्षिय अनिल जयसवाललाई पक्राउ गरेकाे हाे ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा बिहिबार राती १० बजेको समयमा पर्सागढी नगरपालिकाकाे वडा नं.९, बरेवास्थित नन्दलाल दासको गाईगोठमा जुवातास खेलिरहेको सूचनाको आधारमा खटिएको टोलीले जुवा खालबाट नगद रू. एक लाख ७१ हजार एक सय बैसठ्ठी र १७ बुक ताससहित १२ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
पक्राउ परेकाहरुकाे विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरूद्धको कसूर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसूर नगर्न तथा कुनै पनि स्थानमा भइरहेको थाहा भएमा प्रहरीलाई सूचना दिई यस्ता क्रियाकलाप नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न प्रहरीले सबैमा अनुरोध गरेकाे छ।
बहुदरमाईका मेयर साहद्वारा दुबईबाट ७ जनाकाे उद्दार
वीरगंज । एजेन्ट मार्फत बैदेशिक राेजगारकाे लागि दुबई गएर फसेका पर्साकाे बहुदरमाई नगरपालिकाका ७ जनालाई नगर प्रमुख नितेन्द्र साहले उद्दार गरेका छन् ।
आफ्नाे निजी खर्चमा दुबई भ्रमणमा गएका नगर प्रमुख साहले बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुरका हरिशंकर ठाकुर, प्रदिप कुमार, वडा नं. २ पिपराका प्रकाश प्रसाद, बाबुचन पासवान, बशिष्ठ हजारा, मुकेश साह र रामअयाेध्या कुर्मीलाई उद्दार गरेका हुन् ।
असाेज ४ गते सर्लाहीकाे भरहथवाका एजेन्ट सुरेन्द्र यादवमार्फत टूरिस्ट भिसामा बैदेशिक राेजगारीकाे लागि दुबई गएर फसेका ७ जना एक महिनापछि मेयर साहकाे प्रयासमा बिहिबार घर फर्केका छन् ।
दुबई भ्रमणमा गएका मेयर साहकाे सम्पर्कमा उनीहरु आएर आफ्नाे समस्या बारे जानकारी गराएपछि उनकाे प्रयासमा नेपाल फर्केका हुन् ।
चकलेट कारखानामा काम लगाइदिने भन्दै एजेन्ट यादवले एक लाख ७० हजारकाे दरले सातै जनासंग असुल गरी टूरिस्ट भिसामा दुबई पेठाएका थिए । दुबई पुगेका उनीहरुकाे पासपाेर्ट बांगलादेशी नागरिक शेख इमरानले आफ्नाे नियन्त्रणमा लिएका थिए ।
उनले एउटा काेठामा सातै जनालाई बास बस्न लगाई सफाईकर्मीकाे काम दिएका थिए । दिनहु बसमा आएर लग्ने र एक समय मात्र खाना दिने गरेकाे घर पुगेका प्रकाश प्रसादले वताए ।
चकलेट प्याकिङकाे काम लगाइदिने भन्दै आफुहरुलाई एजेन्ट यादवले पठाए पनि त्यहाँ पुगेपछि बन्धक बनाएर सरसफाईकर्मीकाे काममा लगाएकाे प्रकाशले वताए । दिनभरी काम गराउने र एक समय रातीमा मात्र खाना दिने गरेकाे उनले दु:खेसाे सुनाए ।
मेयर साहब दुबई आएकाे बारे आफुहरुलाई थाहा भएपछि उहाँलाई सम्पर्क गरी आफूहरुले आफ्नाे समस्या बारे जानकारी गराएकाे वताए । आफुहरुकाे समस्या बारे थाहा पाए लगतै मेयर साहब आफुहरुसंग भेटन आएकाे र आफुहरुलाई पनि आफुसंगै घर लग्न आफुहरु आग्रह गरेपछि उहाँ कै प्रयासमा घर फर्केकाे वताए ।
आफुहरु समस्या फसेकाे बारे थाहा पाए लगतै आफुहरुसंग भेटन पुगेका मेयर साबले तत्काल दुबईकाे एक हजार रकम समेत खाना खर्चकाे लागि दिएकाे अर्का पिडित हरिशंकर ठाकुरले वताए ।
उनले भने “एजेन्टका कारण ठुलाे समस्यामा फसेका आफुहरु मेयर साबकाे प्रयासमा आज घर फर्कन सफल भएका छाैं । दुबई पुगे लगतै एक बंगालीले आफुहरुकाे पासपाेर्ट समेत नियन्त्रणमा लिएर बन्धक बनाएकाे अवस्थामा मेयर साब नपुगेकाे भए सायद आफुहरु आज नेपाल फर्कन सक्दैन थियाे हाेला ।”
मयेर साहले निजी खर्चमा बिदाकाे समयमा दुबई भ्रमणमा गएका आफु आफ्नाे गाउँ घरकाे युवाहरु समस्यामा फसेकाे थाहा पाएपछि भ्रमणकाे कार्यक्रम स्थगित गरी समस्या समाधानमा लागेकाे वताए ।
७ दिने दुबई भ्रमणमा गएका आफु ३ दिन मै भ्रमणकाे कार्यक्रम स्थगित गरी समस्यामा फसेका नगरका युवाहरुलाई घर फर्काउन पहलमा लागेकाे वताए । ३ दिनकाे प्रयासमा बंगलादेशी नागरिककाे नियन्त्रणमा रहेकाे पासपाेर्ट फिर्ता गर्न लगाई नेपाल फर्कन सम्पूर्ण व्यवस्था मिलाई आफु दुबईबाट फर्केकाे उनले वताए । दुबई भ्रमणमा आफुसंगै गएका राहुल यादवकाे सहयाेगमा समस्यामा फसेका आफ्नाे नगर बासीलाई घर फर्काउन सफल भएकाे सुनाए ।
उनले एजेन्ट मार्फत बैदेशिक राेजगारीमा गई समस्यामा पर्नुकाे साट्टा स्वदेश मै राेजगार गर्नु पर्ने सुझाव दिए ।
बैदेशिक राेजगारीकाे लागि टूरिस्ट भिसामा पठाएकाे एजेन्टकाे विरुद्ध आफुहरु कानुनी उपचार समेत खाेज्ने उनले वताए । आफु घर पुगेपछि नगरपालिका कै अझै ४ जना दुबई मै फसेकाे बारे आफुले थाहा पाएकाेले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने वताए ।
बिहिबार विहान घर पुगेका युवाहरुलाई नगरपालिकाले फुलकाे माला लगाएर स्वागत गरेका थिए । बिदेशमा समस्या फसेकाहरु चाँड पर्वकाे समयमा घर फर्केपछि उनीहरुकाे घरमा खुसियाली छाएकाे छ । घर परिवारका सदस्यहरु मेयर साहलाई धन्यावाद समेत दिएका छन् ।
बिदेशमा समस्यामा फसेका युवाहरु घर फर्केपछि उनीहरुलाई देख्न र भेटन भिड लागेकाे थियाे । साे समयमा वडाध्यक्ष जितेन्द्र पटेल लगायतक सयाैं स्थानियबासीकाे उपस्थिती रहेकाे थियाे ।
वीउवासंघद्वारा प्रमुख कर अधिकृतको बिदाई
वीरगंजमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ हुँदै
वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आउँदो कात्तिक ५ गते शुक्रबारका दिन वीरगञ्जमा अयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएकाे छ ।
एनवाईईएफले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन गइरहेको सम्मेलनले महिला उद्याशीलता प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास रहेकाे जनाएकाे हाे ।
सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी गर्ने छन् । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुनेछ । उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने पत्रकार सम्मेलनमा वाेल्दै एनवाईईएफका सम्मेलन संयाेजक मनीषा सुनुवार श्रेष्ठले वताइन ।
उनले उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्राय रहेकाे जनाइन । कार्यक्रमका अवसरमा महिला उद्यमशीलता प्रवर्धन र प्रोत्साहनका लागि १० जना महिला उद्यमी र स्टार्टअपलाई सम्मानित पनि गरिने वताइन । उद्यम व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपलाई गरिने यो सम्मानबाट उद्यमशीलता प्रवर्धनमा प्रोत्साहन मिल्ने विश्वास रहेकाे उनले जानकारी गराइन ।
उनले भनिन “जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना हामीले अपेक्षामा राखेको विकास सम्भव छैन । आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्य अनुसार महिला उद्यमशीलता प्रवर्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरुको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।”
१०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने उनले जानकारी गराइन ।
बंगलादेश विरुद्ध वीरगंजमा प्रर्दशन, शेख हसिनाको पुत्ला जलाइयाे
वीरगंज । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दुमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगंजमा प्रदर्शन भएकाे छ । विश्व हिन्दु परिषद नेपाल पर्साकाे आयाेजनामा वीरगंजमा हिन्दु युवाहरुले प्रदर्शन गर्नुकाे साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन समेत गरेका हुन् ।
बंगलादेशमा निरन्तर हिन्दु माथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै उनको विरोध गर्दै प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा पुत्ला दहन गरेका हुन ।
हिन्दुमाथि भएको घटना प्रति आक्रोशित परिषद तथा हिन्दु समाजका युवाहरुले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दुलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो । माईस्थानबाट निस्केकाे विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुत्ला दहन गरेका गरिएकाे थियाे ।
प्रदर्शनमा सहभागिहरुले हिन्दुमाथीकाे दमन बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयाेग खारेज गर, इस्लामिक आतन्क बन्द गर, जय श्रीराम लगायतका चक्राे नाराहरुले लगाएका थिए ।
हिन्दु माथि भईरहेको आक्रमण र मठ मन्दिरमा भईरहेको तोडफोड तथा आगजनि नियन्त्रणमा नलिए त्यसको परिमाण भ्यावह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनी समेत दिए । कोणसभामा बोल्दै हिन्दु युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दु तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए ।
उनले भने, हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दुलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दुपनि सुतिरहेको छैन यसको विकल्प निकाल्ने चेतावनी समेत उनले दिए ।
हामी हिन्दुका छोरा हौं कदापी कसैको अहित गर्दै नौ तर बंगलादेशमा जुन प्रकारको हिन्दु माथि भईरहेको हिंसाले पुरै विश्वको मानवता माथिको कलंक हो । युवा नेता निरन्जन साहले भने, ‘बंगलादेशमा हिन्दु माथि भईरहेको हिंसा शेख हसिनाले नरोके नेपालका रहेको अल्पसंख्यक मुस्लिमलाई पनि हामी कदापी छोडने वाला छौनौ ।’
मुस्लीम आतंकबाद रोक्नु पर्छ होईन भने, हामी पनि नेपालमा रहेको मुस्लिमको मस्जिद, मदर्शामा आक्रमण ग¥यो भने के हुन्छ ? शेख हसिनाले कल्पना गर्नुपर्छ उनले भने, हामी कसैको अहित गर्न खोजेका छैनौ, तर हाम्रो हिन्दु समाज माथि भईरहेको हिंसा नरोकिए यहाँ पनि अहित हुन सक्छ ।
विरोध सभामा युवा नेता प्रकाश शर्माले पनि बंगलादेशका प्रधानमन्त्रीले नै हिन्दुमाथि हिंसा गराईरहेको आरोप लगाए । उनले भने, मुस्लिम आतंकवादीले अल्पसंख्यक हिन्दुमाथि गरीरहेको हिंसा शेख हसिनाले नरोको एसको परिमाण नराम्रो हुने चेतावनी समेत दिए ।
युवा नेता मनोज गुप्ताले समेत बंगलादेशमा भईरहेको हिंसा रोक्न नेपालमा बंगलादेशी बस्तुविक्री वितरणमा रोक लगाउँनु पर्ने माँग गरे । उनले भने, हामी हिन्दु बंगलादेशमा सुरक्षित छैनौ भने, उनीहरुको मालसमान खरीद गरे के बंगलादेशी मुस्लिम आतंकवादीलाई पाल्ने पोस्ने काम गर्ने ? बंगलादेशी मालसमान विक्री वितरणमा रोक सहित नेपालमा हसिनालाई प्रवेशमा रोक समेत लगाउँने चेतावनी उनको छ ।
विरोध प्रर्दशनमा हिन्दु युवा नेता सन्तोष गुप्ता, राहुल शर्मा, संजीव साह, राजा गुप्ता लगायतका हिन्दु युवाहरुको सहभागिता रहेको थियो । उनीहरुकोले बंगलादेशमा भईरहेको घटनाको विरोधमा बिहिबार ज्ञापन पत्र बुझाउने र काठमाण्डौमा रहेको बंगलादेशी दुतावास घेराउ गर्ने चेतावनी समेत उनीहरुले दिएका छन ।












