Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ हुँदै

spot_img
spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आउँदो कात्तिक ५ गते शुक्रबारका दिन वीरगञ्जमा अयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएकाे छ ।

एनवाईईएफले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन गइरहेको सम्मेलनले महिला उद्याशीलता प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास रहेकाे जनाएकाे हाे ।

सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी गर्ने छन् । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुनेछ । उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने पत्रकार सम्मेलनमा वाेल्दै एनवाईईएफका सम्मेलन संयाेजक मनीषा सुनुवार श्रेष्ठले वताइन ।

उनले उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्राय रहेकाे जनाइन । कार्यक्रमका अवसरमा महिला उद्यमशीलता प्रवर्धन र प्रोत्साहनका लागि १० जना महिला उद्यमी र स्टार्टअपलाई सम्मानित पनि गरिने वताइन । उद्यम व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपलाई गरिने यो सम्मानबाट उद्यमशीलता प्रवर्धनमा प्रोत्साहन मिल्ने विश्वास रहेकाे उनले जानकारी गराइन ।

उनले भनिन “जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना हामीले अपेक्षामा राखेको विकास सम्भव छैन । आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्य अनुसार महिला उद्यमशीलता प्रवर्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरुको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।”

१०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने उनले जानकारी गराइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...