Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईका मेयर साहद्वारा दुबईबाट ७ जनाकाे उद्दार

spot_img
spot_img

वीरगंज । एजेन्ट मार्फत बैदेशिक राेजगारकाे लागि दुबई गएर फसेका पर्साकाे बहुदरमाई नगरपालिकाका ७ जनालाई नगर प्रमुख नितेन्द्र साहले उद्दार गरेका छन् ।

आफ्नाे निजी खर्चमा दुबई भ्रमणमा गएका नगर प्रमुख साहले बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुरका हरिशंकर ठाकुर, प्रदिप कुमार, वडा न‌ं. २ पिपराका प्रकाश प्रसाद, बाबुचन पासवान, बशिष्ठ हजारा, मुकेश साह र रामअयाेध्या कुर्मीलाई उद्दार गरेका हुन् ।

असाेज ४ गते सर्लाहीकाे भरहथवाका एजेन्ट सुरेन्द्र यादवमार्फत टूरिस्ट भिसामा बैदेशिक राेजगारीकाे लागि दुबई गएर फसेका ७ जना एक महिनापछि मेयर साहकाे प्रयासमा बिहिबार घर फर्केका छन् ।

दुबई भ्रमणमा गएका मेयर साहकाे सम्पर्कमा उनीहरु आएर आफ्नाे समस्या बारे जानकारी गराएपछि उनकाे प्रयासमा नेपाल फर्केका हुन् । 

चकलेट कारखानामा काम लगाइदिने भन्दै एजेन्ट यादवले एक लाख ७० हजारकाे दरले सातै जनासंग असुल गरी टूरिस्ट भिसामा दुबई पेठाएका थिए । दुबई पुगेका उनीहरुकाे पासपाेर्ट बांगलादेशी नागरिक शेख इमरानले आफ्नाे नियन्त्रणमा लिएका थिए । 

उनले एउटा काेठामा सातै जनालाई बास बस्न लगाई सफाईकर्मीकाे काम दिएका थिए । दिनहु बसमा आएर लग्ने र एक समय मात्र खाना दिने गरेकाे घर पुगेका प्रकाश प्रसादले वताए ।

चकलेट प्याकिङकाे काम लगाइदिने भन्दै आफुहरुलाई एजेन्ट यादवले पठाए पनि त्यहाँ पुगेपछि बन्धक बनाएर सरसफाईकर्मीकाे काममा लगाएकाे प्रकाशले वताए । दिनभरी काम गराउने र एक समय रातीमा मात्र खाना दिने गरेकाे उनले दु:खेसाे सुनाए ।

मेयर साहब दुबई आएकाे बारे आफुहरुलाई थाहा भएपछि उहाँलाई सम्पर्क गरी आफूहरुले आफ्नाे समस्या बारे जानकारी गराएकाे वताए । आफुहरुकाे समस्या बारे थाहा पाए लगतै मेयर साहब आफुहरुसंग भेटन आएकाे र आफुहरुलाई पनि आफुसंगै घर लग्न आफुहरु आग्रह गरेपछि उहाँ कै प्रयासमा घर फर्केकाे वताए ।

आफुहरु समस्या फसेकाे बारे थाहा पाए लगतै आफुहरुसंग भेटन पुगेका मेयर साबले तत्काल दुबईकाे एक हजार रकम समेत खाना खर्चकाे लागि दिएकाे अर्का पिडित हरिशंकर ठाकुरले वताए ।

उनले भने “एजेन्टका कारण ठुलाे समस्यामा फसेका आफुहरु मेयर साबकाे प्रयासमा आज घर फर्कन सफल भएका छाैं । दुबई पुगे लगतै एक बंगालीले आफुहरुकाे पासपाेर्ट समेत नियन्त्रणमा लिएर बन्धक बनाएकाे अवस्थामा मेयर साब नपुगेकाे भए सायद आफुहरु आज नेपाल फर्कन सक्दैन थियाे हाेला ।” 

मयेर साहले निजी खर्चमा बिदाकाे समयमा दुबई भ्रमणमा गएका आफु आफ्नाे गाउँ घरकाे युवाहरु समस्यामा फसेकाे थाहा पाएपछि भ्रमणकाे कार्यक्रम स्थगित गरी समस्या समाधानमा लागेकाे वताए ।

७ दिने दुबई भ्रमणमा गएका आफु ३ दिन मै भ्रमणकाे कार्यक्रम स्थगित गरी समस्यामा फसेका नगरका युवाहरुलाई घर फर्काउन पहलमा लागेकाे वताए । ३ दिनकाे प्रयासमा बंगलादेशी नागरिककाे नियन्त्रणमा रहेकाे पासपाेर्ट फिर्ता गर्न लगाई नेपाल फर्कन सम्पूर्ण व्यवस्था मिलाई आफु दुबईबाट फर्केकाे उनले वताए । दुबई भ्रमणमा आफुसंगै गएका राहुल यादवकाे सहयाेगमा समस्यामा फसेका आफ्नाे नगर बासीलाई घर फर्काउन सफल भएकाे सुनाए ।

उनले एजेन्ट मार्फत बैदेशिक राेजगारीमा गई समस्यामा पर्नुकाे साट्टा स्वदेश मै राेजगार गर्नु पर्ने सुझाव दिए । 

बैदेशिक राेजगारीकाे लागि टूरिस्ट भिसामा पठाएकाे एजेन्टकाे विरुद्ध आफुहरु कानुनी उपचार समेत खाेज्ने उनले वताए । आफु घर पुगेपछि नगरपालिका कै अझै ४ जना दुबई मै फसेकाे बारे आफुले थाहा पाएकाेले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने वताए ।

बिहिबार विहान घर पुगेका युवाहरुलाई नगरपालिकाले फुलकाे माला लगाएर स्वागत गरेका थिए । बिदेशमा समस्या फसेकाहरु चाँड पर्वकाे समयमा घर फर्केपछि उनीहरुकाे घरमा खुसियाली छाएकाे छ । घर परिवारका सदस्यहरु मेयर साहलाई धन्यावाद समेत दिएका छन् ।

बिदेशमा समस्यामा फसेका युवाहरु घर फर्केपछि उनीहरुलाई देख्न र भेटन भिड लागेकाे थियाे । साे समयमा वडाध्यक्ष जितेन्द्र पटेल लगायतक सयाैं स्थानियबासीकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...