Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी सम्पन्न

spot_img
spot_img

वीरगंज । “बा आमाबाट बाल बिछोड रोक्नु हरेक प्रदेशको जीमेवारी सम्बन्धी दुई दिने प्रदेश स्तरिय पैरवी कार्यशाला गोष्ठी” शुक्रबार होटल पुजनमा सम्पन्न भएको छ ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना र सुविस संस्थाको सह आयोजनामा भएकाे गाेष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा सुविस संस्थाकी प्रदीप्त कादम्बरीले बाल बालिकाहरु किन कसरी आफ्नो आमा बुबाबाट बिछोड हुन पुग्छन भन्ने विषयमाथि प्रकाश पारेकी थिइन । उनले गोष्ठीमा नेपालमा बालबालिकाहरुको वर्तमान अवस्था र आमा बुबाबिचको सम्बन्धको बारेमा विस्तृत जानकारी समेत गराइन ।

गोष्ठीमा सहभागीहरुलाई जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साहले यो विषय अत्यन्तै महत्पूर्ण भएको हुनाले यस तर्फ पनि स्थानीय तहले विशेष ध्यान दिन आग्रह गरेका थिए । दुई दिने गोष्ठीमा सहभागीहरुलाई बालबालिका र आमा बुबा बिचको सम्बन्ध सम्बन्धी प्रोजेक्टरको माध्यमले विभिन्न जानकारी, समुहगत छलफल, अन्तरक्रिया लगायत प्रोजेक्ट वर्कको माध्यमले तालिम दिइएको थियो ।

जिल्ला समन्वय समिति पर्साका सलाहकार बृजकिशाेर पटेलले अभिभावकहरुलाई आफ्नो बालबालिका प्रति जिम्मेवार भई बालबालिकाको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...