Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

वीउवासंघद्वारा प्रमुख कर अधिकृतको बिदाई

spot_img
spot_img
वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले बुधबार एक समारोहबीच आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत सुनिलकुमार यादवको बिदाई गरेकाे छ ।
 
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले कर प्रशासन तथा सेवालाई चुस्त दुरुस्त बनाउन तथा यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई विभिन्न गतिविधि तथा कार्यक्रमहरु मार्फत कर सम्बन्धी शिक्षा प्रदान गर्न प्रमुख कर अधिकृत यादवले गरेकाे कार्यहरु महत्वपूर्ण रहेको बताए । कर प्रमुख यादवले सक्रिय भई आफ्नो कार्य निर्वाहन गरेकाे फलस्वरुप नै विगतको भन्दा हाल करका प्रशासनिक कार्यहरुमा अझै सरलीकरण आएको अध्यक्ष गुप्ताले बताए ।
 
बिदाई समाराेहमा प्रमुख कर अधिकृत सुनिल कुमार यादवले कर प्रशासन र निजीक्षेत्र दुवै बीच अनन्य सम्बन्ध रहेको बताए । उनले व्यापार व्यवसाय फस्टाउँदै गए मात्र कर सङ्कलन पनि बढ्ने बताए । प्रमुख कर अधिकृत यादवले यस क्षेत्रको औद्योगिक, आर्थिक तथा समाजिक विकासको लागि वीरगंज उद्योग वाणिज्य संघले निर्वाह गर्दै आएको भूमिका सराहनिय रहेको बताए ।
 
उनले आगामी दिनहरुमा समेत एक आपसबीचको संस्थागत सम्बन्ध अझै प्रगाढ भई विकासका कार्यहरुमा हातेमालो गरी अगाडि बढ्नेमा आफु विश्वस्त रहेको बताए ।
 
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोज कुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रुँगटा लगायतकाे उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...