Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

सामुदायिक रेडियो नारायणी एफएम १६ औं बर्षमा प्रवेश

spot_img
spot_img

वीरगंज । मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्ज कार्तिक ४ गतेबाट १५ बर्ष पूरा गरी १६ बर्षमा प्रवेश गरेको छ ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज स्थापना भएको १५ वर्ष पुरा भएर १६ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रेडियोले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले १६ औं बर्ष प्रवेशको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउन हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ ।

साथै उहाँले संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई तथा संस्थापक स्टेशन प्रवन्धक शिवराम तिवारी र उहाँको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ ।

२०६३ साल कार्तिक ४ गते शनिवारको दिन प्रदेश नंं २ को पहिलो सामुदायिक रेडियोको रुपमा नारायणी एफएम वीरगंजले १०३.८ मेगाहर्जको तरंगबाट प्रशारण शुरु गरेको रेडियो नारायणीेले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको बताउदै अध्यक्ष देवकोटाले स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई सामुदायिक रेडियो नारायणी एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...