Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बाराबाट चोरीको मोटरसाइकल सहित १ जना पक्राउ

spot_img
spot_img

बारा ।  ईलाका प्रहरी कार्यालय सिमरा बाराले जीतपुरसिमरा उपमहानगरपालिका-११ आमाटारबाट चाेरीकाे माेटरसाइकल सहित एक जनालाई पक्राउ गरेकाे छ ।

आइतवार राती ००:३० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.०७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको नाममा दर्ता रहेको च्याचिस नम्वर MO2A13EX6LCJ89131 र ईन्जिन नम्वर DKXCLJ10483 को बजाज कम्पनिको २२० सि.सि. गाडि नम्बर प्रदेश २-०३-०१३ प.२२६५ को पल्सर मोटरसाईकल आफ्नै घरबाट चोरी भेएको थियो ।
 
ई.प्र.का सिमराले सुचना प्राप्त हुने बितिकै  यस कार्यालयबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.११ स्थित आमाटार भन्ने स्थानबाट चोरी गरी लादै गरेको मोटरसाईकल सहित  १ जनालाइ पक्राउ गरेको छ।
 
जिल्ला बारा कोहल्वी नगरपालिका वडा न.०६ बस्ने जनार्धन चौधरीको छोरा बर्ष २० को श्यामबाबु चौधरीलाई पक्राउ गरीएको र सोही स्थानमा चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ न.को मोटरसाईकल समेत फेलापरेकोले बरामद गरीएको प्रहरीले जनाएको छ।
 
सो घटनामा संलग्न रहेका १ जना भागि फरार भएको निजलाई खोजतलास गरी पक्राउ गर्ने कार्य  भईरहेको र चाैधरीमाथी चोरी सम्बन्धी कसूर मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय सिमरा बाराले  जनाएको छ । 
 
  
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...