Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । पोखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले आइतबार प्रदर्शन गरेकाे छ । लोसपाका नेता नेजामुद्दीन समानीको नेतृत्वमा स्थानीय तथा प्रदेश सरकारको विरुद्धमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागिहरुले पाेखरिया अस्पतालमा डाक्टर लगायत जनशक्ति व्यवस्थापन गर, पाेखरिया अस्पताललाई घाेषणा अनुसार ५० बेडकाे संचालन गर, पाेखरिया अस्पतालमा औषधी तथा उपकरण व्यवस्था गर, पाेखरिया नगरपालिका भित्रका शिक्षा क्षेत्रलाई ब्यवस्थित गर लगायतका नारा लेखिएकाे ब्यानरसहित सहभागि भएका थिए ।

प्रदेश सरकारले ५० बेडको अस्पताल घोषणा गरेपनि स्थानीय सरकारले व्यवस्थापनमा लापरवाही गरेको भन्दै ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको नेता समानीले बताए । यसअघि पनि प्रेस विज्ञप्ती तथा मौखिक जानकारी गराउँदासमेत सम्बन्धीत निकाय अस्पतालको व्यवस्थापनको सम्बन्धमा गम्भिर नभएको नेता समानीको आरोप छ ।

बिमा गराएकाहरुलाई औषधी उपलब्ध नगराएको, प्रदेश सरकारले उपलब्ध गराएको उपकरण सञ्चालन गर्न स्थानीय सरकारले असहयोग गरेको, बिरामीहरुलाई भर्ना नगरेको लगायतका समस्याहरुको अविलम्ब समाधानतर्फ पहल गर्नुपर्ने माग नेता समानीले गरेका छन् ।

पोखरिया अस्पतालको विकास र जनमुखी सेवा प्रवाहको माग गर्दै भएको प्रदर्शनलाई वेवास्ता गरेमा स्थानीय र प्रदेश सरकारको विरुद्धमा थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि नेता समानीले दिएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...