Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हामी छोरी बोझ हैनौँ शिर्षकमा कविता प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं ७ मा लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान २०२१ को अन्तर्गत आइतबार मा.वि. स्तरीय हामी छोरी बोझ हैनौँ शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएकाे छ ।

दिव्य युवा क्लब पर्सा तथा एक्सनएड नेपाल/आईरिश एडको साझेदारीमा भएकाे प्रतियोगितामा ३ विद्यालयहरुबाट ६ जना छात्रा हरुले भाग लिएका थिए ‌ ।

जसमध्ये श्री रामस्वरूप रामपृत माध्यमिक विद्यालयकी प्रियंका कुमारी प्रथम, श्री महबनु पदम माध्यमिक विद्यालयकी खुसी शर्मा द्वितीय, श्री रामचरित्र भगत माध्यमिक विद्यालयकी रितु मेहता तृतीय र श्री महबनी पदम माध्यमिक विद्यालयकी सिमन गिरी सान्तवना स्थान हाँसिल गर्न सफल भएकी थिइन ।

दिव्य युवा क्लब पर्साका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षता भएकाे प्रतियाेगितामा पोखरीया नगरपालिकाकाे वडा नं ७ का वडा अध्यक्ष नन्दलाल पटेल, दिव्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, विद्यालयका शिक्षक प्रतिनिधि लगायतकाको सहभागिता रहेकाे थियाे ।

हाम्रो समाजमा रहेको छोरीलाई बोझको रुपमा लिईने नकारात्मक सोचलाई परिवर्तन गर्न तथा छोरीहरुलाई पनि समान अवसर दिइएको खण्डमा उनीहरुले पनि परिवार प्रतिको जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने सन्देश समुदायमा छोरीहरु मार्फत नै प्रवाह गर्नको लागि प्रतियोगिता आयोजना गरिएको आयाेजकले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...