Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

एनआईसी एशिया बैंकले एटिएम कार्डबिनै रकम झिक्ने ल्यायो एप

spot_img
spot_img

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समय नगद निकाल्न सक्ने भएका छन् ।

बैंकको अनुसार सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रअल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जिक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।

ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जिक्सभित्र गई निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रअल आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुने बैंकले जनाएको छ । 

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...